Play

उच्चशिक्षामा रुपान्तरणको लक्षसहित पोखरामा अन्तराष्ट्रिय सम्मेलन: शैक्षिक गुणस्तर बढाउन अनुसन्धानमा जोड

गुरुकुल खबर


पोखरा, पोखराको जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पोखरामा नेपालको उच्च शिक्षामा रूपान्तरण: विश्वव्यापी प्रतिस्पर्धाका मार्गहरू भन्ने नारासहित ‘अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ सुरु भएको छ।  सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अनुसन्धानले नै शिक्षाको गुणस्तर निर्धारण गर्ने बताउँदै अनुसन्धानविनाको उच्चशिक्षाले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

यस किसिमका सम्मेलनले अनुसन्धानकर्ताहरूको क्षमता र गुणस्तर वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले बिश्वबिधालय अनुदान आयोगले यस्ता प्राज्ञिक कार्यमा सधैं सहयोग गर्दै आएको उनले बताए । डा. अधिकारीले जनप्रिय क्याम्पसले प्राज्ञिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा पनि गरेका थिए।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले नेपाली अनुसन्धानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गरे। सम्मेलनले नेपालको उच्च शिक्षालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा लैजान र गहन अध्ययनको संस्कृति विकास गर्न मार्गनिर्देश गर्ने विश्वास पनि तिवारीले व्यक्त गरे ।

सम्मेलनमा पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, प्रा.डा. केशरजंग बराल, प्रा.डा. सरोज कोइराला, डा. कृष्णराज अधिकारी, प्रा.डा. लेखनाथ भट्टराई र डा. पितृराज बास्तोला लगायतका वरिष्ठ शिक्षाविद् तथा प्राज्ञिक व्यक्तित्वहरूले कार्यपत्र र कार्यक्रमको प्राज्ञिक औचित्यमाथि प्रकाश पारेका थिए। लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्यायले जनप्रिय क्याम्पसले स्थापनाकालदेखि नै सामुदायिक (पब्लिक) क्याम्पसहरूका तर्फबाट अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए।

कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले सम्मेलनलाई उपलब्धिमूलक बनाउन सबैको सक्रिय भूमिका रहने अपेक्षा व्यक्त गरे। चैत १२ गतेदेखि सुरु भएको यो सम्मेलन १४ गतेसम्म तीन दिन चल्नेछ सम्मेलनमा ३१ जना अनुसन्धानकर्ताहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बोल्दै पहारीले नेपालको उच्च शिक्षालाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउन यो सम्मेलन एक महत्त्वपूर्ण खुड्किलो साबित हुने बताए कार्यक्रमको सन्चालन दिपेन्द्र पहारीले गरेको सोहि क्याम्पसका प्राध्यापक एबम बिधार्थी हित शाखा प्रमुख बेदहरी तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए ।

१३ चैत्र २०८२, शुक्रबार २१:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा