Play

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा मर्सानी र सहसंयोजकमा क्षेत्री

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो । संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनी राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुन् भने उनी विभिन्न खेलकुदमा योगदान दिएका जुझारु युवा हुन् ।

समितिको सदस्यमा शनी केसी, मिन बहादुर भण्डारी, पहल सिंह थापा, पुजन शाक्य, ऋषीसरा थापा, सुविन गुरुङ र दल बहादुर राना निर्विरोध चयन भए ।

यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै अनुशासनलाई प्राथमिकतामा राखेको बताए । उनले भने–“हामीले आचरण र व्यवहारलाई मुख्य रुपमा लिएका छौं । खेलकुदको अनुशासित मार्गदर्शन रहेर कार्य गर्न म सबैलाई आग्रह गर्छु ।” उनले परिषदले प्रशिक्षक, रेफ्रि, तथा खेलाडीहरुको आकस्मिक विमा गर्ने लगायतका कार्यहरु तत्कालै गर्न लागेको जानकारी गराउँदै बागमती प्रदेशस्तरीय प्रतियोगिताको समेत तयारीमा जुट्न उनले आग्रह गरे ।

सो अवसरमा बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले सर्वसम्मत रुपमा बक्सिङको समिती गठन हुन सबैका लागि उदाहरणिय कार्य रहेको जनाउँदै ११ वटै जिल्लामा बक्सिङ खेलको विकास गर्न र अन्तर जिल्ला प्रतिस्पर्धा आवश्यक रहने कुरामा जोड दिए ।

नेपाल बक्सिङ संघका सदस्य राजेन्द्र पाहारीले नवगठित कार्यसमिति गण्डकी प्रदेशमा बक्सिङ खेलको विकासमा योजना सहित अघि बढ्नेमा आफू विश्वस्त रहेको जनाउँदै त्यसका लागि आफ्नो सहयोग रहिरहने बताए ।

प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार गठन भएको प्रदेश बक्सिङ संघलाई गति दिने गरी योजनाहरु निर्माण गर्ने प्रतिवद्धता नवगठित समितिका अध्यक्ष मर्सानीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

२५ पुष २०८०, बुधबार २२:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा