Play

माघको पहिलो साता पोखरा- १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव हुने

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा माघको पहिलो साता वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव हुने भएको छ ।

माघको २ देखि ४ गते सम्म बन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा हुने महोत्सवको पूर्वाद्धमा वडाले बुधबार वडावासीसंग छलफल गरेको छ । सो अवसरमा वडाध्यक्ष तोरण बानियाँले आगामी प्रतियोगितालाई सफल पार्न वडावासीलाई आग्रह गरे । आपसी भाइचारा विकास र वडावासी विचको सम्बन्धमा सुमधुरता ल्याउन वडाले यो महोत्सव आयोजना गरेको उनले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन वडा १५ को बासिन्दा हुनुपर्ने, तथा अन्यत्रबाट आएको भए बसाई सराईको कागजात हुनुपर्ने बानियाँले सो अवसरमा जानकारी दिए ।

महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने खेलकुद कार्यक्रमका संयोजक वडा सदस्य आशिष भण्डारीले जनाए । पुरुष स्तरिय टोल तथा क्लवहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्सतर्फको व्याडमिण्टन हुनेछ ।

त्यसैगरि महिलाहरुविच भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल व्याटमिन्टन लगायतमा प्रतिस्पर्धा हुनेछ । विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केटबल प्रतियोगिता हुने संयोजक भण्डारीले बताए । प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

२५ पुष २०८०, बुधबार २१:५३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा