Play

जनआन्दोलनबाट ब्यबस्था परिबर्तन गर्छौ, हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना हुन्छ- कमल थापा 

गुरुकुल खबर


सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको ब्यबस्था र अबस्था परिबर्तन गर्न आबश्यक भएको बताएका छन् । अहिलेको प्रणालीले मुलुकको हित र रक्षा   हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने समेत दाबी गरे ।
अहिलेको ब्यबस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भएको मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै थापाले आन्दोलनको बाताबरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे ।
पार्टीको कर्णाली क्षेत्र स्तरिय  प्रशिक्षणको सुर्खेतको बिरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रबादी, देशभक्त र प्रजातन्त्रबादी शक्तिहरुबिच एकता र मोर्चा निर्माण गरि आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न समेत सुझाब दिए । आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बृहत मोर्चा निर्माण गरि आन्दोलनमा जान आफुले भुमिका खेलिरहेको समेत बताए । कार्यक्रममा उपाध्यक्ष गोबिन्द बिक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा , सुर्य शाही, जीवन चन्द लगायतले बोलेका थिए ।

२० पुष २०८०, शुक्रबार १७:४१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा