Play

सती कथा संग्रहको विमोचन

गुरुकुल खबर


पोखरा, कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ ।

कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन् ।

कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे । समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाइ छ ।

कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताए । समाजिक यथार्थता, भोगाई लगायत जीवनका विभिन्न परिवेशलाई कथाहरूमा चित्रण गरिएको उनले बताए ।

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गरेको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गाबहादुर शाह(बाबा), सचिव असफल गौतम, पाज्ञ हरिदेवी कोइराला, कृतिका स्रष्टा रामचन्द्र आचार्य(आरसी) लगायतले बोलेका थिए ।

 

२४ मंसिर २०८०, आईतवार १६:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा