Play

पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा

गुरुकुल खबर


पोखरा, टेनिस टुरका लागि चितवन आइपुगेका पोखरेली टेनिस खेलाडीको एउटा समुले चितवनमा मैत्रीपूर्ण टेनिस खेलेका छन् । उनीहरु चितवनस्थित प्रिमियर टेनिस एकेडेमीमा सिंगल्स तथा डबल्सका प्रतिस्पर्धाका लागि कोर्टमा उत्रिए । नौं सदस्यि टेनिस टोलीमा खेलाडीहरु गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, धरम बहादुर लामिछाने, राज गुरुङ्ग, भिष्मराज पौडेल, विश्वराज पौडेल, बिरेन्द्र लामा, लक्ष्मण लामा, विनय थापा, देव श्रेष्ठ रहेका छन् ।

चितवनको भरतपुरस्थित उक्त टेनिस एकेडेमी खैरहनी नगरपालिका–१३, गवइक कुमार जंग क्षेत्रीले सञ्चालन गरेका हुन् । साढे दश कठ्ठा जग्गा भाडामा लिएर उनले चार कठ्का क्षेत्रफलमा दुई वटा कोर्ट निर्माण गरेका छन् । छिट्टै अरु दुई वटा टेनिस कोर्ट निर्माणको चरणलमा रहेको क्षेत्रीले बताए । १३ वर्षदेखि टेनिस खेल्दै आएका उनले काठमाण्डौमा सिटिजन कपका दुई र पोखरामा माछापुच्छ«े कपको एक संस्करणमा भाग लिएका छन् ।

चितवनमा टेनिस खेलको विकास र विस्तार गर्दै उत्पादित खेलाडीहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराउने उनको लक्ष्य छ । मोफसलमा रहेर टेनिस खेलको विकासमा लागेकाहरुको हौसलाका लागि आफुहरु चितवन आएको खेलाडी गोपीबहादुर भट्टराईले बताए । टेनिस खेल्नका लागि बाहिरी शहरहरुमा जाने संस्कृतीको विकास गर्न सकिए यसले मोफलसमा खेल पर्यटन विकास मद्धत पुग्ने पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष समेत रहेका भट्टराईको भनाई छ ।

निजि खर्चमा चितवनमै पहिलो टेनिस कोर्ट निर्माण गरेका खेल विकासमा लागेका कुमार जस्ता प्रतिभालाई सरकारी स्तरबाट पनि सहयोगको खाँचो रहने अर्का खेलाडी सूर्यबहादुर भुजेलको भनाई छ । टोलिलाई कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले एक समारोहका विच पोखराबाट आइतबार विहान बिदाई गरेका थिए ।

१८ मंसिर २०८०, सोमबार १३:०३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा