Play

तीनकुनेमा युवा संघ र बल्खुमा दुर्गा प्रसाईँको कार्यक्रम

गुरुकुल खबर


पोखरा,  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको बल्खु र एमाले निकट युवा संघ नेपालले तीनकुनेमा सभा आयोजना गरेका छन् ।

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा–विद्यार्थी विशेष शक्ति प्रदर्शनले काठमाडौंको वातावरण केही तनावपूर्ण पनि हुन पुगेको थियो । दुवै पक्षको ¥याली कार्यक्रमस्थलतर्फ लाग्दा ढुंगा हानाहानको अवस्था समेत सिर्जना हुन पुगेको थियो ।

युवा संघको ¥याली तीनकुनेबाट कोटेश्वर हुँदै पुनः तीनकुने आएर सभामा परिणत भएको थियो । एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले ¥यालीको नेतृत्व गरेका थिए ।

यसैगरी उपत्यका भित्रिएका दुर्गा प्रसाईँका समर्थकहरू पनि कार्यक्रमस्थल बल्खुतर्फ पुगेर कार्यक्रममा सहभागी भएका छन् । बल्खुतर्फ जाने ¥यालीका लागि छुट्टाछुट्टै रुट तय गरिएको थियो ।

काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको थियो । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको जनाइएको छ । कतिपय संचार माध्यमले भने युवा संघका कार्यकर्ताले ढुंगा हानेपछि झडप भएको उल्लेख गरेका छन् ।

दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ । कार्यक्रमस्थल जाने सडकमा सवारी आवागमन ठप्प छ । ट्राफिक र सुरक्षाकर्मीले ठाउँठाउँबाट सवारीसाधन डाइभर्ट गरेका छन् ।


उपल्लो तस्वीर बल्खु र तल्लो तीनकुने

७ मंसिर २०८०, बिहीबार १५:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा