Play

खाना पकाउने ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता

गुरुकुल खबर


पोखरा, भारि मात्रामा इन्धनको मूल्य बढाउने नेपाल आयल निगमको निर्णय कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको अवगत गराए ।

नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चाडबाडको मुखमा मूल्यवृद्धि भएको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो ।

आइतबार नै बसेको मन्त्रिपरिषद बैठकमा पनि यसबारे छलफल भएको र प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन भनेपछि मूल्य पूर्ववत कायम हुन पुगेको जनाइएको छ ।

१४ आश्विन २०८०, आईतवार १४:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा