Play

बेथानी र गौरीशंकर कबड्डी च्याम्पियन

गुरुकुल खबर


पोखरा, अन्तर विद्यालयस्तरीय छात्र/छात्रा कबड्डी प्रतियोगितामा बेथानी बोर्डिङ स्कुल र गौरीशंकर मा.वि च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र पोखरा महानगरपालिका कबड्डी संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देशीय कर्भड हलमा आइतबार भएको फाइनल खेल जित्दै यी दुई टोली च्याम्पियन बनेका हुन् । बेथानीले फाइनलमा कालिका मावि र गौरीशंकरले रामेश्वरी माविलाई पराजित गरेको हो ।

प्रतियोगितामा छात्र/छात्रातर्फ प्रथम र द्वितीय भएका टिमले क्रमशः १२/१२ हजार रुपैयाँ र ७/७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

छात्रतर्फ अमरसिंह सेकेण्डरी स्कुल र एक्स आर्मी पब्लिक सेकेण्डरी तृतीय भए । छात्रातर्फ बेथानी बोर्डिङ र तालबाराही मावि तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । तृतीय टिमले ३५/३५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले विगतमा कबड्डी प्रतियोगिता हुँदा थोरै सहभागिता रहने गरे पनि यसपटक ४० टिम हुनु सुखद भएको बताए । विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुने र खेल्ने वातावरण विद्यालयले बनाउनुपर्ने र खेलकुदमा लगानी गर्नुपर्ने उनले बताए । विद्यालयबाटै खेलाडी उत्पादन गर्नुपर्छ भनेर नै विद्यालयस्तरीय प्रतियोगिता महानगर खेलकुद विकास समितिले आयोजना गर्ने गरेको अध्यक्ष गोदारले सुनाए ।

महानगर कबड्डी संघका अध्यक्ष सागर भण्डारीले कबड्डी खेलमा आकर्षण बढाइराख्न प्रतियोगितालाई निरन्तर गर्न प्रयास गर्ने बताए । महानगरपालिकाले पुरानो खेल मानिने कबड्डीका लागि बजेट छुट्याएकोमा उनले धन्यवाद दिए ।

तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रातर्फ २३ र छात्रतर्फ १७ गरेर ४० टिम सहभागी थिए ।

१ आश्विन २०८०, सोमबार १२:०७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा