Play

र्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस

गुरुकुल खबर


पोखरा, र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५० जनाले एकआपसमा पुस्तक साटासाट गरेका थिए ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले पुस्तकालय दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए । पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरेका थिए ।

यसै बिच नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष केशवशरण लामिछाने र संस्थापक गनेस पौडेलल पदस्थापन गराएका थिए । समितिका अध्यक्षमा रुपिन्द्र प्रभावी, उपाध्यक्ष गौरी तमु र अनुपमणि अधिकारी, सचिव नेपालप्रकाश अधिकारी, कोषाध्यक्ष ध्रव केसी र सहसचिव दीपक पराजुली रहेका छन् । सदस्यहरूमा बाबुराम सुवेदी, बाबुराम सुवेदी, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, दुर्गा राना, एलिसा विक, रत्नाकुमारी विश्वकर्मा र खिम लामिछाने `काजी´ रहेका छन् ।

 समितिको सल्लाहकारमा गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने छन् भने पुस्तक छनोट समितिमा केशवशरण लामिछानेको संयोजकत्वमा विजय भण्डारी र हसिना बस्नेत रहेका छन् ।

सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफ्नो पहिलो मासिक नियमित कार्यक्रम आगामी भदौ ३० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि परिचर्चा गर्ने सोसाइटीले जनाएको छ ।

१६ भाद्र २०८०, शनिबार १४:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा