Play

नेपाल महिला संघ पोखरा महानगर सभापतिमा अम्बिका

गुरुकुल खबर


पोखरा। नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघको पोखरा नगर कास्कीको सभापतिमा अम्बिका ढुङ्गाना चयन भएकी छिन् ।
नेपाल महिला संघको विधान, २०५८ को धारा ३८ र ४१ अनुसार सांगठनिक सुदृढिकरणमा पुर्‍याएको योगदानको कदर गर्दै सभापति पदमा मनोनित गरिएको पत्रमा उल्लेख छ ।

नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डेले हस्ताक्षर गरी दिइएको पत्रमा नगर सभापतिमा ढुङ्गानालाई संघको सांगठनिक सुदृढिकरणमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै जिम्मेवारी सुम्पिएको उल्लेख छ ।

बाँकी सदस्यहरुको भने संघले पछि मनोनयन गर्नेछ ।

नयाँ जिम्मेवारी सम्हाल्दै सभापति ढुङ्गानाले वर्तमान अवस्थामा राजनीतिप्रति बढ्दो वितृष्णालाई मेटाउन राजनीतिमा महिला सहभागिता जगाउन र सचेत बनाउने अभियानमा खटिने र पार्टीको आवश्यकता अनुसार हरेक जिम्मेवारी निर्वाह गर्ने बताईन् ।

सभापति ढुङ्गानाले भनिन् ‘हिजो प्रजातन्त्र स्थापनाको एजेण्डामा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु ।’

६ भाद्र २०८०, बुधबार २३:४१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा