Play

काठमडौंबाट पोखरा जाँदै गरेको बस त्रिसुलीमा खस्दा ८ जनाको निधन

गुरुकुल खबर


पोखरा, काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको निधन भएको छ ।

धादिङको गजुरी २, चालीसे झरना नजिकै यो दुर्घटना भएको हो । वसमा सवार भएका मध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसे लगत्तै उद्धार कार्य सुरु भएको थियो । उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको आँकलन छ ।

बस करिव ४० मिटर तल नदीमा खस्दा गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको छ । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । आठ जना घाइतेको उपचार भइरहेको जनाइएको छ ।

६ भाद्र २०८०, बुधबार १५:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा