Play

नेपाल महिला संघ कास्कीमा शारदा

गुरुकुल खबर


पोखरा, नेपाल महिला संघ कास्कीको अध्यक्षमा शारदा गिरी चयन भएकी छन् । उनलाई नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी एक विज्ञप्ती सहित अध्यक्षको जिम्मेवारी दिएको हो ।

उक्त विज्ञप्तीमा नेपाल महिला संघको बिधान २०५८ को तेस्रो संशोधन २०७८ भाग ७ को धारा ४१ अनुसार बिधान बिपरित भएको र कुनै कारणवश पद रिक्त भएमा सो स्थानमा यस बिधानमा अन्यथा व्यबस्था भएकोमा बाहेक जुन प्रकियाबाट चयन भएको हो सोही प्रकियाद्धारा पदपुर्ति गरिने व्यवस्था छ । हामीले महिला संघका अध्यक्ष तथा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि हामी बाध्य भएर तपशिल बमोजिमका जिल्लाहरुमा नेपाल महिला संघको तपशिलका जिल्ला अध्यक्षको जिम्मेवारी कायम गरिएको भनि जानकारी गराइएको छ ।

सिरहामा, मिनाकुमारी थापामगर, सोलुखुम्बुमा छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृका देवि प्रसाइ, महोत्तरीमा अनिता शर्मा, बारामा बबितादेवि कलवार, पर्सामा विद्या श्रेष्ठ, कास्कीमा शारदा गिरी, नवलपरासी पश्चिममा मिठ्ठु के.सी र हुम्लामा ज्ञानु रोकायलाई अध्यक्षको जिम्मेवारी दिएको विज्ञप्तीमा उल्लेख रहेको छ ।

त्यसैगरी नेपाल महिला संघ कास्कीको जिम्मेवारी लिएसँगै अध्यक्ष शारदा गिरीले २९ जना कास्की जिल्ला कार्यसमिति सदस्यमा विद्यान बमोजिम थप मनोनयन गरेकी छिन् । जसमा प्रभा सुवेदी, श्रीमाया गुरुङ, सृजना दवाडी, विनिता पौडेल, देवी भण्डारी, रमा पौडेल, गंगा गुरुङ, सुमित्रा भट्टराई, गौमति थापा, गायत्री अर्याल, सावित्री पौडेल, विनिता बराल, ऋषिमाया लामिछाने, दुर्गा के.सी., सीता कार्की, रिता राना, माया तिमिल्सिना, सावित्री घिमिरे, गंगा आचार्य, गुप्ती गुरुङ, देउकुमारी थापा, गौमाया नेपाली, पार्वती कोइराला, सुनिता भण्डारी, मनु तिमिल्सिना, मिना सुवेदी, पार्वती खनाल, विजया रेग्मी (चञ्चला) र खिममाया अधिकारी रहेका छन् ।

कास्की अध्यक्ष शारदा गिरीले विद्यी, पद्धति र विधान बमोजिम काम गर्ने बताइन्, उनले भनिन्, नेपाली कांग्रेस विधिको शासन पद्धति, लोकतान्त्रिक व्यवस्था र नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको छ । अब हामीले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र शासन प्रणाली सबै बिधिबाट सुनिश्चित गरिने छ । उनले भनिन्, पार्टीका सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन्

६ भाद्र २०८०, बुधबार १५:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा