Play

केदारेश्वर आश्रम संचालनको लागि १ लाख ५० हजार सहयोग हस्तान्तरण

गुरुकुल खबर


पोखरा, आफ्ना बाबु भानुभक्त पहारीको स्मृतिमा पोखरा ६ बैदामका हेमराज पहारी परिवारबाट केदारेश्वर आश्रम संचालनको लागि आर्थिक सहयोग प्रदान गरिएको छ । केदारेश्वर महादेवमणी सेवाश्रम समितिका संस्थापक उपाध्यक्ष समेत रहेका स्व.भानुभक्त पहारीको स्मृतिमा आफ्नो जन्मदिनको अवसरमा हेमराज पहारी परिवारबाट १ लाख ५० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको पहारी परिवारले जनाएको छ ।

केदारेश्वर महादेवमणी सेवाश्रम समितिका स्वामि डा.लेखनाथ आचार्य( चिद्धन चैतन्य) लाई पहारी परिवारले उक्त रकम हस्तान्तरण गरेको हो । आफ्नो बाबुको स्मृतिमा आफ्नो जन्म दिनको अवसर पारेर केदारेश्वरमा सानो रकमको अक्षयकोष स्थापना गरिएको हेमराजले बताए । साथै पहारी परिवारले आश्रममा रहेका बिद्यार्थी तथा अन्य सहभागिहरुलाई दिवा खाना सहितको दक्षिणा समेत प्रदान गरेको उनले सुनाए ।

स्व.भानुभक्तकी धर्मपत्नी पूर्णकुमारी पहारी, छोराहरु हेमराज, शिवराज, छोरी-ज्वाई तिला बराल-ठाकुर बराल, बुहारी उर्मिला पहारी, साबित्री पहारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै स्वामि डा.आचार्यले विभिन्न सहयोगी दाताहरुको सहयोग र मन्दिरमा प्राप्त दानबाटै आश्रम संचालन हँुदै आएको बताए । जन्म दीनमा यसरी आफ्ना बाबुको स्मृतिमा पुण्य काम गर्नु समाजको प्रशंसनीय कार्य भएको उनको भनाई थियो ।

यसैबिच, पहारी परिवारले गुल्मीको श्रीराम मन्दिर रुद्रवेणीमा रहेको बृद्धाआश्रममा समेत आज(आइतबार) विहानको खानाको व्यबस्था गरेको हो । उक्त आश्रममा हाल ३२ जना बृद्धाहरु हुनु हुन्छ । बाबुको प्रेरणाबाट आफुहरुले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको हेमराजले जनाउनु भयो । बाबु भानुभक्तको निधन भएको तिथी र जेठो छोरा हेमराजको जन्म दिन आज एकै दिन परेको हो ।

 

२९ श्रावण २०८०, सोमबार १४:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा