Play

आँखा पाक्ने रोग बढेपछि पोखराका विद्यालय तीन दिन बन्द गरिंदै

गुरुकुल खबर


पोखरा, आँखा पाक्ने रोगले प्रकोपको रुप लिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन हुने भएका छन् । विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले अवगत गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो । उनका अनुसार पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ । पोखराका केही विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएपछि बन्द गरिसकिएको छ । ‘सोमबार हामीले १ हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयका शिक्षकहरूलाई बोलाएर सल्लाह गरेका थियौं,’ उनले भने, ‘सबैको राय मंगलबार जनचेतनामूलक कार्यक्रम गर्ने र बुधबारदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय भयो ।

शनिबारसहित ४ दिन बिदा गर्दा कस्तो हुन्छ । यति गर्दा पनि फैलँदो क्रममा रह्यो भने अरु योजना बनाएर अघि बढ्ने भन्ने निर्णय भएको छ ।’ अहिले दिइएको ३ दिन अन्य बिदामा कटाउने गरी सहमति भएको उनले जानकारी गराए ।

२३ श्रावण २०८०, मंगलवार १२:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा