Play

बुटिक चौतारामा वृक्षरोपण, झण्डै ४२ चौतारामा गोल्डेन धुपी र सल्लोका विरुवा रोपियो

गुरुकुल खबर


पोखरा, ग्रिन पोखरा, क्लीन पोखरा भन्ने मूलनारालाई सार्थक बनाउन पोखरा महानगरपालिका वडा ९ न्यूरोडस्थित बुटिक चौतारामा वृक्षरोपण गरिएको छ । झण्डै ४२ बुटिक चौतारामा गोल्डेन धुपी, सल्लो रोपिएको हो ।

महानगर प्रमुख धनराज आचार्यले वृक्षरोपण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । नयाँ सडक टोल विकास संस्थाको अगुवाइमा संस्थाका कावा अध्यक्ष मनोहर श्रेष्ठ, सचिव कृष्ण मर्सानी, पोखरा ९ वडाध्यक्ष दीपेन्द्र मर्सानी, महानगर प्रवक्ता मोती तिम्सिना, पत्रकार नारायण कार्की, रमेश पौडेल लगायत नयाँ सडक टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यले वृक्षरोपण गरेका थिए ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले महानगरलाई सफा राख्ने कार्य महानगरको मात्र नभई सम्पूर्ण नगरबासीको पनि दायित्व रहेको बताए । वृक्षरोपण चिप्लेढुंगादेखि नगरपालिका कार्यालयसम्म गरिएको थियो । वडा ९ को करिब ७ लाख र स्थानीयको जनसहभागिता गरी कुल १० लाख रपैयाँमा बुटिक चौतारा निर्माण गरिएको थियो ।

१९ श्रावण २०८०, शुक्रबार १४:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा