Play

डा. जगमान गुरुङद्वारा रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन

गुरुकुल खबर


पोखरा, आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनको छेको पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे ।

प्रमुख अतिथि डा. जगमान गुरुङले ‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले वि.सं.२०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै कार्कीले दिएको योगदानको चर्चा गरे । डा.गुरुङले भने ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो । कार्कीले पथप्रदर्शन गरेको मार्गलाई सन्ततिले अग्रजको योगदानलाई अभिलेखीकरण गर्नु स्तुत्यभएको जनाए ।

कार्यक्रममा जोर्ज जोन, डा. अनिल सुवेदी, विश्वमोहन गौचन, बद्रविनोद प्रतीक, हरिदेवी कोइरालाले कार्कीसँगको सङ्गत र व्यक्तित्व माथि आफ्ना विचार राख्दै पोखराका लागि कार्की गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्व भएको बताए । वक्ताहरूले तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र पदमबहादुर खत्रीले जस्तै पोखरालाई पोखरा बनाउन १८ जना प्रधानपञ्चमध्ये कार्कीले उल्लेखनीय भूमिका खेलको स्मरण गरे ।

स्मृतिग्रन्थमा समेटिएका आलेखहरूको समीक्षा गर्दै प्राडा ज्ञानबहादुर कार्कीले तत्कालीन पोखराको बाटो चाक्लो बनाउने, नयाँ शिक्षालागु गर्ने, कृषि उत्पादन बढाउन रवी बाली लगाउने, हेरालो र काञ्जीहाउसको व्यवस्था गर्ने, खानेपानीका धारा जोड्ने, खोला नियन्त्रण र बाँध बनाउने, प्रशासनिक संरचना बनाउने, अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क लगायत विकास निर्माणका कामको खाका तयार गर्ने, आधुनिक पोखराको जग हाल्ने काममा कार्कीले विशिष्ट योगदान दिएको चर्चा गरे ।

रुद्रबहादुर कार्की स्मृति ग्रन्थ प्रकाशन समितिद्वारा आयोजित कार्यक्रममा वि.सं. २०२८ देखि २०३१ सम्म पोखरा नगर पञ्चायतका प्रधानपञ्च भएका कार्कीको राजनीतिक जीवन, उनले आधुनिक पोखरा बनाउन गरेको पहल र विकासका क्षेत्रमा पु¥याएको योगदान सम्बन्धी लेखिएका आलेख, अभिलेख र संस्मरणहरू समावेश गरिएको छ ।

२ सय ६० पृष्ठमा संरचित स्मृतिग्रन्थको सम्पादन प्राडा कृष्ण के.सी., प्राडा दिलबहादुर क्षत्री र उपप्राध्यापक सुरेश रानाभाटले गरेका थिए भने आवरण विम्बकवि प्राज्ञ रमेश श्रेष्ठले तयार गरेका थिए ।

कार्कीको जन्म वि.सं. १९८१ असार २९ गते र मृत्यु वि.सं. २०७८ चैत्र ७ गते भएको थियो । स्मृतिग्रन्थप्रकाशन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यकक्रमा अश्विन कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन दीपेन्द्र श्रेष्ठले गरेका थिए ।

 

३ श्रावण २०८०, बुधबार १४:०५ मा प्रकाशित
Nabintech