Play

महानगरसँग मापदण्ड विपरितका संरचनाहरुमा डोजर चलाउने अधिकार छ : प्रमुख आचार्य

गुरुकुल खबर


पोखरा, मापदण्ड विपरीत निर्माण गरिएका घर तथा भवनहरू अनिवार्य रूपमा अभिलेखीकरण आवश्यक रहेकामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जोड दिएका छन् । पोखरामा हालै आयोजित एक सार्वजनिक संवाद कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले अभिलेखिकरण पूरा नभएको घरको पक्ष लिएर आफूसँग जुहारी नखेल्न व्यवसायीलाई सचेत गराए ।

महानगर क्षेत्रमा निर्माण भएका तर मापदण्ड भन्दा बाहिर रहेका ती सवै खाले घर तथा भवनहरूको अभिलेखीकरण अनिवार्य रहेको उनले बताए । महानगरपालिकाले हाल अभिलेखीकरणका लागि आह्वान गरेको जनाउँदै उनले अटेर गरे भत्काउने अधिकार समेत महानगरसँग रहेको स्मरण गराए । महानगरपालिका भित्र हजारौँ यस्ता खाले घर तथा भवनहरूको अभिलेखीकरण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

केही पहिला पनि महानगरले अभिलेखिकरणका लागि आव्हान गर्दा एक हजार चार सय जति घरधनी मात्र आएको जानकारी दिंदै उनले यो नै अभिलेखिकरणको लागि अन्तिम मौका भएको बताए । राज्यको नियम मान्दिर भनेर अराजक बन्ने छुट कसैलाई नभएको उनले बताए ।

२ श्रावण २०८०, मंगलवार १४:३४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा