Play

रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म हाइकिङ

गुरुकुल खबर


पोखरा, स्वास्थ्य र पर्यटनका लागि पदयात्रा भन्ने मान्यतासहित नेपाल हाईकर्स क्लवकोे ३६ औ पदयात्रा शृङखला सम्पन्न भएको छ । रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म सोही शृङखलामा करिव ५० जना भन्दा बढीले सहभागीता जनाएका थिए ।

गण्डकी प्रदेश आफैमा एउटा पर्यटकी यप्रदेश हो । साथै पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गरिएका छन र केहि बनिरहेका छन् । सरकारले देशका हरेक गाउँलाई घरबास कार्यक्रम मार्फत ग्रामिण पर्यटनसंग जोड्ने परिकल्पना गरेसंगै अहिले प्रदेश भित्रका विभिन्न गाउँहरु घरबासमा परिणत भएका छन् ।

त्यहि घरबासहरुलाई प्रचारप्रसार गर्दै साथ दिनुका साथै व्यस्त जीवन शैलीलाई प्रकृतिसंग साक्षातकार गराउँदै स्वास्थ्यको लागि हाईकर्स क्लवले पदयात्रा गर्दै आएको क्लवका संयोजक कृष्ण रानाभाटले जानकारी दिए । उनकाअनुसार पोखरादेखि रुपातालसम्म बस यात्रागरि त्यहाँबाट ऐतिहासिक महत्वको रोयल ट्रेकलाई उजागर गर्ने लक्ष्यका साथ पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म करिव २ घण्टाको पैदल यात्रा गरिएको हो । सोही क्रममा पदयात्रीले पोखरा महानगरपालिकावडा ३१ पचभैयाँ स्थित प्राणी उद्यानको पनि निरिक्षण गरिएको छ ।

करिव १० वर्ष अगाडीदेखि सुरु गरिएको केन्द्रको बारेमा जानकारी दिदै प्राणी उद्यान केन्द्रका अध्यक्ष दिनानाथ ढकालले सामुदायिक वनलाई घाँस दाउराको परम्परागत दृष्टिकोणलाई परिमार्जन गरी यसलाई थप विकास र संरक्षणमा नयाँ योजना ल्याइएको बताए ।

उनले रुपाताल र बेगनासतालको विचमा पर्ने पचभैयाँ सामुदायिक वनमा विभिन्न प्रकारका जीवजन्तु पाईने भएकोले यसलाई थप पर्यटनसंग जोड्न उद्यानकेन्द्र स्थापना गरिएको बताए ।
केन्द्रमा अध्ययन अवलोकनका लागि वनविरालो, बाँदर, चितुवा, गोमन सर्प लगाएत विभिन्न जीवजन्तु राखिएका छन् । केन्द्रको अवलोकनपछि टोलीले रुपाकोट रिसोर्टको पनि अवलोकन गरेको थियो । त्यपछि रुपा गाउँपालिकाको वडा नं ६ हात्तीमैताभ्युटावरका लागि पैदल यात्रा सुरु गरेका थिए ।

प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पदयात्रामा पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरु समावेश हुन्छन् । “सुरुकादिनमा केहि सीमित साथीभाई मात्रै पदयात्रामा समावेश हुन्थ्यौ, मान्छेले विस्तारै पदयात्राको महत्व बुज्दै गएकाछन् ,अहिले क्लवको आकार बढेको छ,”हाईकर्स क्लवका सहसंयोजक प्रितम सेन ठकुरीले भने,“अव यसलाई वैधानिक रुपमा दर्ता गरेर अझै सहज बनाउने योजनामा छौ ।”

स्थापनाकालदेखि प्रदेश भित्रका विभिन्न पर्यटकिय स्थलहरुलाई मुख्य गन्तव्य बनाउदै एक दिनका लागि गरिएको पैदलयात्रामा समावेश हुनका लागि सहभागीहरुले ७ सय ५० शुल्क उठाउँछन् ।

 

१ श्रावण २०८०, सोमबार १३:०४ मा प्रकाशित
Nabintech