Play

गरिखान देऊ भन्दै काठमाडौं महानगर कार्यालय अगाडि प्रदर्शन

गुरुकुल खबर


पोखरा, गरिखान देऊ भन्दै बुधबार काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन गरिएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै यो विरोध प्रदर्शन भएको हो ।

महानगरपालिकका मेयर बालेन्द्र साह(बालेन)ले चुनाव अगाडि गरिबको चमेली बोलिदिने कोही छैन भन्दै गाएको गीत गाउँदै प्रदर्शन गरिएको हो । महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका हुन् ।

सहरभित्रका फुटपाथ तथा साना व्यापारीहरुलाई निश्चित स्थान दिएर विकल्प दिनुपर्ने ठाउँमा विस्थापन गरिरहेकोले आफूहरु विरोधमा आएको सहभागीले बताएका छन् ।

प्रदर्शनका क्रममा पानी परेपछि सहभागी संख्या भन्ने उल्लेख्य हुन सकेको थिएन । अतः महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उनीहरुले प्रदर्शन गरेका थिए । ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै कठमाडौं महानगरपालिका भवनअघि प्रदर्शन भएको हो ।

२७ असार २०८०, बुधबार १२:४४ मा प्रकाशित
Nabintech