Play

वन रक्षक पदको परिक्षामा अर्काको नाममा परिक्षा दिने नक्कली परीक्षार्थी पक्राऊ

गुरुकुल खबर


पोखरा, वन रक्षक पदको परिक्षामा अर्काको नाममा परिक्षा दिने तीन जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.१५ फुलवारी स्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसर भित्र संचालन भई रहेको लोक सेवा आयोगको खुल्ला तथा समावेशी वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परिक्षामा ती परीक्षार्थी पक्राउ परेका हुन् ।

परीक्षार्थीहरूको कागजातहरूचेकजाँच गर्ने क्रममा अर्काको नाममा परिक्षा दिने जिल्ला कालिकोट रास्कोट न.पा. वडा नं.२ सिपखाना वस्ने वर्ष १९ का प्रेम भण्डारी, ऐ.ऐ. ४ सिउना बस्ने वर्ष २० का गौरी संज्याल र ऐ.ऐ. वस्ने वर्ष १८ का एक जनालाई परीक्षामा सहभागि हुँदै गरेको अबस्थामा फेला पारीएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी चेकजाँच गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आ–आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको र उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

२३ असार २०८०, शनिबार १३:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा