Play

लोकतान्त्रिक तमु संघ पोखरा महानगरमा खिमा गुरुङ

गुरुकुल खबर


पोखरा, लोकतान्त्रिक तमु संघ नेपाल पोखरा महानगरपालिका प्रथम अधिवेशनले खिमकुमारी गुरुङको अध्यक्षतामा २३ सदस्यीय महानगर कमिटि निर्वाचित गरेको छ ।

सर्वसम्मत निर्वाचित कमिटिको उपाध्यक्षहरुमा क्याप्टेन प्रेमकुमार गुरुङ र तुलबहादुर गुरुङ, सचिवमा मनोज गुरुङ, सहसचिवमा पार्वती गुरुङ र दुतमान गुरुङ, कोषाध्यक्षमा रामप्रसाद गुरुङ चयन भएका छन् । यसरी नै सदस्यहरुमा मीना गुरुङ, निरा गुरुङ, क्याप्टेन देवबहादुर गुरुङ, देवबहादुर गुरुङ, तिलु गुरुङ, हेमकुमारी गुरुङ, शान्ति गुरुङ, सुशिला गुरुङ, लक्ष्मी गुरुङ, स्नेह गुरुङ, यमबहादुर गुरुङ, डम्मरसिंह गुरुङ, शोभा गुरुङ, विकास गुरुङ रहेका छन् ।

निर्वाचित कमिटिलाई निर्वाचन समितिका संयोजक लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रिय महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिको सदस्यहरुमा केन्द्रिय कोषाध्यक्ष बैनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य विष्णुकुमार गुरुङ, संघका प्रदेश वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष खिमकुमारी गुरुङले आफुलाई अधिवेशनले दिएको जिम्मेवारी इमान्दारीपुर्वक बहन गर्ने र सम्पुर्ण तमुहरुको आशा, भरोसाको केन्द्रको रुपमा लोकतान्त्रिक तमु संघलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । यस अघि अधिवेशनको उद्घाटन गर्दैै प्रमुख अतिथि लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष एवम गण्डकी प्रदेशसभाका सदस्य बेदबहादुर गुरुङले लोकतान्त्रिक तमु संघको ऐतिहासिकता, आवाश्यकता र उद्धेश्यमा बारेमा प्रष्ट पारेका थिए ।

लोकतान्त्रिक तमु संघ कास्कीका अध्यक्ष नारायण गुरुङको अध्यक्षता र सचिव डबिन गुरुङको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष(प्रवास) गमबहादुर गुरुङ, प्रदेशका वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ, नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपाने, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पोखरा महानगरका अध्यक्ष अर्जुन भुजेल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष लक्ष्मी गुरुङ र नृत्य प्रस्तुति चिउली पाचे तमु समाजका आमाहरुले गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्यमा हालै मनोनित भएका संघका विष्णुकुमार गुरुङ, राजु गुरुङ, बिनाकुमारी गुरुङ र कल्पना गुरुङलाई खादा लगाएर बधाई ज्ञापन गरिएको थियो।

२३ असार २०८०, शनिबार १२:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा