Play

पहिरोका कारण पोखरा–बाग्लुङ यातायात अबरुद्ध

गुरुकुल खबर


पोखरा, पहिरोका कारण पोखरा–बाग्लुङ यातायात सेवा अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अबरुद्ध हुन पुगेको हो ।

माथिबाट पहिरोसँगै ठूला ढुंगाहरु खस्दा र भारी वर्षाका कारण सडक अबरुद्ध हुन पुगेको र सडक सुचारु गर्न लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।

सडकमा यातायात सेवा बन्द हुँदा पोखराबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिन पुगेका छन् ।

१९ असार २०८०, मंगलवार ११:५३ मा प्रकाशित
Nabintech