Play

नेपाली कांग्रेसको सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य मनोनीत, कास्कीबाट पराजुली र गुरुडं

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा विभिन्न जिल्लाका व्यक्तिहरुलाई मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गठित नया कार्यसमिति अन्तर्गत विभिन्न विभागका संयोजकहरु तोकिएको भएपनि विभागहरुले पुर्णता पाउन नसकेकै अवस्थामा पहिलो पटक सूचना, सन्चार तथा प्रचार विभाग बनाईएको हो ।

विभागमा मनोनित हुने ३९ जना मध्ये कास्कीबाट दुई जना रहेका छन । जस अनुसार लामो समय पत्रकारितामा क्रियाशील रहेर पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका गंगाधर पराजुली र राज बहादुर गुरुडं दुई जना सदस्य मनोनित भएका छन ।

पराजुलीले नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष सहित नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको पनि केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन । उनिहरुको हाल नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य समेत हुन ।

यसैगरि गुरुडं पनि लामों समय पत्रकारितामा सक्रिय रहेर हाल नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रचार समितिको सदस्य सचिवको रुपमा कार्यरत छन । गुरुडं पनि नेपाली कांग्रेसको पुर्व महाधिवेशन प्रतिनिधि र प्रचार विभागको पुर्व सदस्य समेत हुन ।

विभागमा मनोनीत हुनेहरुमा काठमाडौंका दिपकप्रसाद कुईंले, महोत्तरीका गोपाल झा, पाल्पाका कृष्णप्रसाद बस्याल, सुनसरीका तिलक राई, तनहुँका गोविन्द परियार, सुनसरीका चन्द्रेश्वर खत्वे, काठमाडौंका गणेश केसी, ताप्लेजुङकी शिला इजम, कास्कीका गंगाधर पराजुली, झापाका लोकराज ढकाल, मकवानपुरका सन्तबहादुर चेपाङ छन् ।

यसैगरी मोरङका राजु मास्के, कैलालीका उमिद वागचन, काठमाडौंका लीला खनाल, मोरङका चेतराज रेग्मी, रौटहटका मिथलेस मिश्र, सुर्खेतका मोती पौडेल, सुनसरीका पवन अधिकारी, रुपन्देहीकी कमला पाण्डे, रुपन्देहीकै फूलमाया सुनार, कास्कीका राजबहादुर गुरुङ, चितवनका राघव गौतम, काठमाडौंकी अनुषा नेपाल, काभ्रेका निगम हुमागाईं, स्याङजाका गोविन्द मरासिनी पनि उक्त समितिमा मनोनीत भएका छन् ।

यस्तै, विभागमा मनोनीत हुने अन्यमा रोल्पाका हुकुमबहादुर बुढा, पर्साकी रम्भा मिश्र, पाँचथरका लवदेव ढुंगाना, काठमाडौंका दिनेशविक्रम शाह, धनुषाका सुरेश यादव, स्याङजाका इन्द्र रिजाल, रौतहटका मो. ओजिर देवान, सुर्खेतका पूर्णबहादुर नेपाली, कालीकोटका अशोकनाथ योगी, ललितपुरका विष्णुप्रसाद तिम्सिना, संखुवासभाका दिपेन्द्र वान्तावा, महोत्तरीका सज्जन ठाकुर, अस्ट्रेलियामा रहेका प्रकाश खरेल र बेलायतमा रहेका विनोद मोक्तान छन् ।

३२ जेष्ठ २०८०, बिहीबार २१:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा