Play

मुक्तिनाथ बाहिनीको साप्ताहिक कार्यक्रम – निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनालाई सेवा

गुरुकुल खबर


पोखरा, सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले आफ्नो २२ औं स्थापना दिवसमा आयोजित साप्ताहिक कार्यक्रम निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल न. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गरेका छन् ।

नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्जालित निशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँच २ सय ३७ जना, ल्याव जाँच १ सय २९ जना र महिलाहरुको पाठेघरको हुन सक्ने क्यान्सरको जाँच ५० जनाले गरेका छन् । यस्तै रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका प्रहरी निरिक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २२ औं स्थापनाका दिवसको अवसरमा साप्ताहिक कार्यक्रम जेठ २५ गतेदेखि सुरु भएको हो । साप्ताहिक कार्यक्रम अन्र्तगत मुक्तिनाथ बाहिनीले आन्तरिक प्रतियोगितासँगै सरसफाईको कार्यक्रम सञ्चालन गरेको हो ।
निशुल्क स्वास्थ्य शिविरमा सशस्त्र प्रहरीका कर्मचारीसँगै स्थानीयहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआईजी कालिदास धौबजीले पोखरामा सञ्चालन गर्न लागिएको फिल्ड हस्पिटलले आफ्नो कर्मचारीसँग स्थानीय जनताको स्वास्थ्य सेवाको पहुँचलाई समेत सहज बनाउने बताए । उनले पोखरामा सञ्चालन हुन लागेको फिल्ड हस्पिटलले २ वटा अत्याधुनिक एम्बुलेन्स सहित नागरिकको स्वास्थ्य क्षेत्रसँग जोडिने बताए ।

यस्तै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब बिनोद बिन्दु शर्माले विपदसँग जोडिएको स्वास्थ्य क्षेत्र र सशस्त्र प्रहरी बल नेपालको अझै जनतासँगको सेवाले मजबुत सेवा जनतामा लिएर अगाडि बढ्ने बताए ।

२८ जेष्ठ २०८०, आईतवार ११:५४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा