Play

गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा गोरखाका डा. देवकोटा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्ण देवकोटा नियुक्त भएका छन ।

गोरखा जिल्लाको पालुडंटार -३ का देवकोटा विशेष गरि विपत् मैत्री बिकासको क्षेत्रमा काम गर्दै आएको विज्ञको रुपमा परिचित छन ।

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेको प्रस्तावमा देवकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय आईतबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको भएपनि प्रदेश सरकारका प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले यस सम्बन्धमा २४ घण्टा पछि मात्र आफुले स्पष्ट पार्न सक्ने भन्दै केही बताउन चाहिनन्।

प्रदेश मन्त्री परिषदबाट उपाध्यक्षमा नियुक्त ४१ वर्षिय डा. देवकोटाले दक्षिण कोरियाबाट सन २०११ मा पिएचडि गरेका हुन । दक्षिण कोरियाबाट पिएचडि सके लगत्तै उनले त्यहा रहेर नेशनल डिज्यास्टर म्यानेज्मेन्ट ईन्स्टिच्युटमा काम गरेका थिए ।

करिव दुई वर्ष कोरियामा काम गरेपछि उनले थाईलैण्डको बैंककमा एशियन डिज्यास्टर प्रिपेयर्डनेस सेन्टरमा रहेर करिव ३ वर्ष काम गरेका थिए ।

२०७२ सालमा नेपालमा भूकम्प गएपछि उनि नेपाल फर्किएका थिए । नेपालमा आएपछि पनि स्वीस एजेन्सीमा जोडिएर नेपाल लगायत अफगानिस्तान, भुटान र काजकिस्तानको डिज्यास्टर रिस्क म्यानेजमेन्ट प्रोजेक्टमा रहेर करिव ३ वर्ष काम गरेको अनुभव छ ।

पछिल्लो समय अर्थात् करिव ४ वर्ष यता जीआईआईएस ( ग्लोवल ईन्स्टिच्युट फर ईन्टरडिस्सिप्लिनरी स्टडिज् ) मा संलग्न रहेर डा. देवकोटाले विपत् र विकास संगै अनुसन्धानको क्षेत्रमा समेत काम गरिरहेका छन ।

यस बाहेक उनि प्राध्यापन र फास्ट ट्र्याक निर्माण गर्ने परियोजनामा संलग्न रहंदै आएको बताईन्छ ।

गोरखाको अमरज्योती जनता माविबाट हाईस्कूल सम्मको शिक्षा लिएका देवकोटाले सिद्धार्थ बनस्थलीबाट आईएस्सी र त्रिचन्द्र कलेजबाट बिएस्सी अध्ययन गरेका थिए भने दक्षिण कोरियाबाट स्नातकोत्तर सहित पिएचडि सम्मको अध्ययन पुरा गरेका थिए ।

डा देवकोटाले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा आंफ्नो नियुक्ति भएको भन्ने सुनेको भएपनि त्यस सम्बन्धी औपचारिक जानकारी प्राप्त नभएको कारण थप प्रतिक्रिया दिन चाहेनन ।

उनले भने – म उपाध्यक्ष भएमा मेरो प्राथमिकता गण्डकी प्रदेशमा कृषि, पर्यटन र जलस्रोतको विकास संगै सरकारी वा सार्वजनिक शिक्षाको सुधार गर्नमा नै केन्द्रित रहनेछ । अहिलेको आवश्यकता अनुसन्धानमा आधारित विकास हो, यही मर्मलाई आधार मानेर काम गर्नुपर्नेछ ।

२४ बैशाख २०८०, आईतवार २३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा