Play

नवौँपटक मन्त्रिपरिषद् विस्तार, गुरुङ, बस्नेत र लिम्बू मन्त्री नियुक्त

गुरुकुल खबर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

चार महिनामा प्रधानमन्त्री प्रचण्डले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस ११ पहिलोपटक मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री प्रचण्डले माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा दुईपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३ र २० वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।

२० बैशाख २०८०, बुधबार २२:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा