Play

महिला सहकारी संस्थाहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा । कास्कीका विभिन्न ३ गाउँपालिकामा रहेका महिला सहकारी संस्थाहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि सम्वन्धि २ दिने तालिम पोखरामा सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा प्रदान गरिएको तालिममा अन्नपुर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका र माँदी गाउँपालिकामा दर्ता भई संचालनमा रहेका १६ वटा महिला सहकारी संस्थाहरुका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी २६ जना सहभागि थिए ।

तालिमको सहजिकरण पोखरा महानगरपालिका सामाजिक विकास शाखाका अधिकृत विष्णुमाया पौडेल र भुमेश्वर बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समितिका सचिव धनञ्जय पौडेलले गरेका थिए ।

तालिममा सहकारी विकासमा महिलाहरुको भुमिका, सहकारीहरुको संस्थागत विकास, सञ्चालक समितिका पदाधिकारीहरुको दायित्व एंव संघिय, प्रादेशिक र स्थानिय सरकारबाट जारी सहकारी कानुनहरुको प्रावधान एवं तालुक कार्यलयमा पेश गर्नु पर्ने प्रतिबेदनहरु बारे छलफल गरिएको सामाजिक विकास कार्यालय, कास्की शाखाका प्रमुख इन्द्र बहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए ।

तालिमको उदघाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदीले लामो समय देखि अलमलमा परेका महिला ऋण तथा बचत सहकारी संस्थाहरु क्रियाशील बन्ने अवस्था सृजना हुनेमा विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रमा बोल्दै सुवेदीले भने “मातृशक्ति इमान्दार र लगनशिल हुने भएकाले वर्तमान परिवेशमा सहकारीहरुमा मौलाउदै गएको वेथिति निरुत्साही गर्न स्वंनियमन आवश्यक रहन्छ । यस्का लागि महिला सहकारीहरु उदारणीय बनुन्।”

यसैबीच सोमवार सम्पन्न तालिमको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव भोजराज न्यौपानेले सहकारीहरु उद्यममुखी बन्नुपर्ने सुझाव दिए । न्यौपानेले भने “आफ्नो संस्थामा पनि घरको आमाकै भूमिका निर्वाह गरी सहकारीहरुको बोनसमूखी गलत प्रबृतिलाई निरुत्साहित गरी उद्मममुखी बन्न आग्रह गर्दछु ।”

१९ बैशाख २०८०, मंगलवार ०८:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा