Play

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने सम्भावना

गुरुकुल खबर


काठमाडौँ — स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान परामर्श थालिएको छ । छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । परिवार र चिकित्सकबीच कुराकानी मिलेमा राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारत लगिने सम्भावना छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टिचिङ अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझेका थिए ।

सोमबारमात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए । मंगलबार फेरि छातीमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख थपलियाले जानकारी दिए । प्रमुख थपलियाले मंगलबार साँझ विज्ञप्ति निकालेर राष्ट्रपति पौडेलको उपचार जारी रहेको बताएका छन् ।

एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको डा. निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।

५ बैशाख २०८०, मंगलवार २३:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा