Play

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

गुरुकुल खबर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महरले आफ्नो अलौकिक प्रतिभा, क्षमता र शक्तिलाई चिन्न नसकेर भौंतारिनेहरुको जीवन यात्रा कस्तुरीको झैं हुने बताएका छन ।

नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारी गरेका डा स्वर्णिम वाग्ले प्रति लक्षित गर्दै उनले अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गरिरहेकाहरुलाई रामराम बाहेक केही भन्न नसकिने जनाएको छन ।

महरले सामाजिक सन्जाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

काँग्रेस परित्याग गरेका विज्ञको विज्ञताका बारेमा ,एउटा कथा स्मरण भयो

कस्तुरीको नाभिमा रौंले ढाकिएको मासुको सानो डल्लो हुन्छ । जसलाई ‘बिना’ भनिन्छ । कस्तुरी बिहान उठ्ने वित्तिकै आफ्नै नाभिबाट उत्पन्न भएको सुगन्धित वास्नाले मुग्ध हुन्छ ।

यति मिठो वास्ना आफ्नो नाभिबाट उत्पन्न भएता पनि ज्ञान र चेतनाको अभावमा उज्यालो हुने वित्तिकै ऊ उक्त वास्नाको खोजिमा भोक तिर्खाको पर्वाह नगरि दिनभर रनवन चहार्छ ।

परन्तु उक्त वास्नादार बस्तु कहिँ फेला पार्न नसकेपछि साँझमा लखतरान भएर बासस्थान फर्कन्छ । यसरी नै उसका हरपल बित्न थालेपछि भोक र थकाईले अल्पायुमै उसको प्राण जान्छ ।

अहिले कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन् । क्षमताको सुगन्ध थाहा पाउँदैनन् । जीवनको लक्ष्य र विज्ञताको मार्ग भुल्छन् । छोटो समयमा नै अथाह सफलताको प्राप्तिको अभिष्ट चाहना राख्छन् । र, त त्यस्तै उदाय झैँ अस्ताउन बेर लाग्दैन ।

अलौकिक प्रतिभा, क्षमता एवं शक्तिलाई चिन्न नसकेर सुख र शान्तिको खोजिमा १० दिशामा भौतारीरहेकाहरूको जीवनयात्रा कस्तुरीको झैँ हुनेमा दुई मत छैन ।

अधैर्यताका साथ देशको भाग्य चम्काउँछु भन्दै भागाभाग गरिरहेकाहरूलाई रामराम बाहेक अरु के भन्न सकिएला र ?

१७ चैत्र २०७९, शुक्रबार १३:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा