Play

प्रदेश प्रमुखद्वारा ताङतिङ नौंचुपैंगी लामा गुम्बा उद्घाटन

गुरुकुल खबर


पोखरा । कास्कीको ताङतिङमा अवस्थित नौंचु पैंगीलामा महायान बौद्व गुम्बाको उद्घाटन सम्पन्न भएको छ ।

गत असारमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा गरेका हुन् ।

उद्घाटन कार्यकम्रमा बोल्दै प्रदेश प्रमुख गुरुङले भाषा, संस्कार र संस्कृतिको जगेर्नामा अरु गुरुङ गाउँ भन्दा ताङतिङ अगाडी रहेको कुरा बताए । ‘पञ्चायत कालमा धार्मिक स्वतन्त्रता थिएन । तर मुलुकमा व्यवस्था परिवर्तन भएपछि सबै जातजातिहरुले आफ्नो भाषा, संस्कार र संस्कृतिको विकास गर्न पाएको छ ।’

कार्यक्रममा मादी गाँउपालिका प्रमुख प्रमुख देबिजंग गुरुङ, उपप्रमुख कल्पना गुरुङ, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेताहरु,बौद्व धर्मलम्वी लगायत उपस्थित थिए ।

कार्यक्रममा गुम्बा निर्माण व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विर्जमान गुरुङले गुम्बाको निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे ।

४ चैत्र २०७९, शनिबार २०:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा