Play

पोखरा औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा रुद्रलाल श्रेष्ठ निर्वाचित

गुरुकुल खबर


पोखरा । पोखरा औद्योगिक क्षेत्र उद्योग संघको शनिबार सम्पन्न २०औं वार्षिक साधारणसधा तथा १० औं अधिवेशनले रुद्रलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा दिपेन्द्रराज बस्ताकोटी, द्वितिय उपाध्यक्षमा सुरेन्द्रबहादुर गोदार, महासचिवमा फणिन्द्रराज शर्मा, सचिवमा शंकरप्रसाद अधिकारी र कोषाध्यक्षमा बलराम बराल रहेका छन् ।

सदस्यहरुमा प्रकाश केसी, सूर्यनारायण लामिछाने, अश्विन कार्की, कृष्णप्रसाद पन्त, कृष्ण बस्याल, शिव सिग्देल र अमृत रेग्मी रहेका छन् ।

बलभद्र नकर्मी संयोजक रहेको निर्वाचन कमिटिले निर्वाचन सम्पन्न गरेको हो । नकर्मी संयोजक रहेको कमिटिको सदस्यहरुमा बाबुराम पन्त र चन्द्रराज भण्डारी रहेका थिए ।

यसअघि साधारणसभाको उदघाटन गर्दै पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले औद्योगिक क्षेत्र भ्रमणको अवलोकन गर्न आउनेहरुकालागि पोखरा औद्योगिक क्षेत्र र समग्र उद्योगहरुको अवस्थाको बारेमा जानकारी गराउन व्यवस्थित औद्योगिक सूचना केन्द्र निर्माणको आवश्यकता औल्याए । साथै उनले औद्योगिक क्षेत्र उद्योग संघलाई वातावरण सुधारका लागि लाग्न समेत सुझाव दिए।

यसैबीच कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले पुनिटार औद्योगिक क्षेत्रकालागि जग्गा प्राप्तिको काम भईसकेको जानकारी गराएका थिए । आचार्यले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र महानगरपालिकाबीच वातावरणीय सुधारकालागि आवश्यक सहकार्य गरी अगाडि बढ्न सक्ने आवश्यकता औल्याए ।

अध्यक्ष सुरेशबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका कार्यवाहक अध्यक्ष एजाज आलम, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक संजय मानन्धर,  नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइराला, गण्डकी उद्योग परिसंघका अध्यक्ष विनोद शर्मा न्यौपाने, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका का.मु. क्षेत्र प्रबन्धक किशोर पाण्डेय लगायतले औद्योगिक क्षेत्रका विविध समस्या तथा विकास र आवश्यक सुधारका बारेमा आ आफनो भनाई राखेका थिए ।

उद्योग संघका प्रथम उपाध्यक्ष रुद्रलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद सहित कार्यक्रमको समापान गरेका थिए ।

२८ फाल्गुन २०७९, आईतवार १३:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा