Play

विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुन्छ- कांग्रेस उपसभापति खड्का

गुरुकुल खबर


सुर्खेत, १७ फागुन (रासस) : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट  विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्नुहुने बताउनुभएको छ ।

गृहजिल्ला सुर्खेत पुग्नुभएका खड्काले बुधबार पत्रकारसँग कुराकानी गर्दै फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताउनुभयो ।

“सरकार निर्माणको चरण प्रारम्भ भएको छैन”, खड्काले भन्नुभयो, “राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ ।” प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ थियो ।

अहिले सरकारमा जानेबारे र को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइनसकेको खड्काको भनाइ थियो । गत पुस १० मा कमजोरी हुँदा नेकपा (एमाले) सहित सात दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको खड्काको भनाइ छ ।

उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहो¥याउनुभयो । यो कुरा आफूले २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र त्यसमा आफू अहिलेसम्म पनि अडिग रहेको उपसभापति खड्काको भनाइ छ ।

१७ फाल्गुन २०७९, बुधबार २२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा