Play

जोमसोमबाट पोखरा आउदै गरेको बस कालीगण्डकीमा खस्यो

गुरुकुल खबर


पोखरा  । मुस्ताङको जोमसोमबाट पोखरा आउदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ ।

मुस्ताङको थासाङ–३ धम्पुमा ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भइ कालीगण्डकीमा खसेको हो ।

दुर्घटनामा परि १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरीको भनाई छ ।

गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा ल्याएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

३ फाल्गुन २०७९, बुधबार १३:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा