Play

यातायात मन्त्री र यातायात मजदुरको वार्तामा सहमति,अनिश्चितकालीन सार्वजनिक यातायात बन्द फिर्ता,

गुरुकुल खबर


काठमाडौं । आन्दोलित यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आजदेखि सुरु गरेको अनिश्चितकालीन सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए ।

वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, ट्राफिकले गर्दै आइहरेको जरिवानालाई संशोधन गरेर घटाउने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा प्रहरी भ्यानमाथि आगजनी र तोडफोडका घटना भएका थिए । बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो ।

बन्दका कारण बिहानैदेदि उपत्यकाका ३ वटै जिल्लामा सार्वजनिक यातायात चलेनन् । नचलेपछि सर्वसाधारण यात्रु पैदल यात्रामा भीड देखिन्थे । सहमति भएसँगै केही समयपछि नै यातायात संचालन गरिने भएको छ ।

२ फाल्गुन २०७९, मंगलवार १३:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा