Play

कविता – तिमी शेर हौ, बहादुर शेर

गुरुकुल खबर


 तिमी शेर हौ, बहादुर शेर

  • कल्याण गुरुडं

तिमी बहादुरको बच्चा हौ
तिमी शेर हौ, बहादुर शेर ।

कुनै घर र भर हुँदैन बाँदरहरुको
नत आफ्नो घर बनाउछन्,
नत अर्काको घर बन्न नै दिन्छन् यिनीहरुले ।
विश्वास नगर स्यालहरुको ।
दुध चोरेर खाने बानी हुन्छ बिरालोहरुको ।

जंगलमा पनि आफनै राज्य हुन्छ शेरको ।
आफ्नो सीमाको रक्षा हुन्छ आफैले गरेको ।
कराउँदै गर्छ बाँदर, बिरालो र स्यालको जेरले
भाग्छन् ति चार कोश टाढा, जब गर्जन्छ शेरले ।

विश्वास गर्नेको गल्ती हुँदैन
किन गर्नु ब्यर्थ चिन्ता धेर ।
जाँग, उठ लडनु छ घमासान जंग
तिमी बहादुरको बच्चा हौ
तिमी शेर हौ, बहादुर शेर ।

२२ पुष २०७९, शुक्रबार ०८:४७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा