Play

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

गुरुकुल खबर


चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने भएका छन् ।

आगमी फागुन ६ गते शनिबार पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उनले सहभागिता जनाउने भएका हुन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ ।

सो बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कलाकार नेपाल सेलिव्रेटीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने बताएका छन् । उनले भने–“कलकार नेपाल म्याराथनमा धावकहरुको जोश भर्न मात्रै नभई उपस्थित सबेलाई आफ्नो कलाको माध्यमबाट समेत मनोरञ्जन दिने कार्यक्रम छ ।”

स्टाण्ड अप कमेडियनको रुपमा रहेका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली ऋंखला लगायत चलचित्र छक्का पञ्जा लगायत दर्जनौ चलचित्रमा भूमिका निभाएका छन् । उनको मुन्देको कमेडी क्लव समेत उत्तिकै चर्चित छ ।

११ माघ २०७९, बुधबार १७:०८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा