Play

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सभा सदस्यलाईसपथ

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सभा सदस्यहरुले विहीबार सपथ लिएका छन् । ५९ जना सभासदस्यहरुलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् ।

५६ सांसदले नेपाली भाषामा सपथ लिए भने ३ जना सांसदले मातृभाषामा शपथ लिएका थिए। मातृभाषामा सपथ ग्रहण गर्ने तीनै जना सांसद समानुपातिक सूचीबाट आएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद बनेकी कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषामा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिएकी हुन् ।

 

सांसद सरस्वती गुरुङले कसैलाई विभाजन गर्न नभई आफ्नो जातीय पहिचान संरक्षण गर्न गुरुङ भाषामा सपथ ग्रहण गरेको स्पष्ट पारिन् । उनले भनिन् विभाजन गर्न होइन कि पहिचान भेटाउन भन्ने सन्देश दिन गुरुङ भाषामा सपथ लिएकी हुँ ।

यसैबीच गोरखाका सांसद नन्दप्रसाद न्यौपानेले भागवत गीतालाई हातमा लिएर शपथ लिएका छन् । ज्येष्ठ सांसद बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए

१४ पुष २०७९, बिहीबार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा