Play

जेष्ठ नागरिक दिवसमा १०४ बर्षीय दाहाल सम्मानित

गुरुकुल खबर


पोखरा । दोश्रो राष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ बर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणा सहित सम्मान गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विक्रम सम्वत १९७५ मा जन्मनु भई पोखरा २१ मा मजदुरी गर्दै १४ बर्ष अघि पोखरा बृद्धाश्रममा बस्दै आएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो ।
पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना एवम पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उनलाई सामाजिक समिति संयोजक एवम् पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले ११ हजार रुपैया नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
“हामी सवैको सरोकार जेष्ठनागरिकको अधिकार” भन्ने नाराका साथ आयोजित कार्यक्रममा उनले २०५१ सालमा तत्कालिन सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको दिनलाई आधार मानेर गत बर्षदेखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको जानकारी दिए ।

पोखरा महानगरपालिकाले जेष्ठनागरिकको सुविधाका लागि ३३ वटै वडामा जेष्ठनागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडाको लागि १० लाख रुपैयाका दरले बजेट विनियोजना गरेको जानकारी दिए ।

कार्यक्रममा पोखरा २१ वडा अध्यक्ष दिपक सुवेदीले आफ्ना जन्मदाता बुबा आमाको समेत उचित सेवा पु¥याउन नसकेको हाम्रो समाजमा ४६ जना विपन्न, असहाय जेष्ठनागरिकको पालन पोषण गरेर वृद्धाश्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमा बुवा र सेवक सेविका सहित ५५ जना रहेको बताउँदै संस्था दाताको सहयोगबाट सञ्चालन हुदै आएको जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख गिता न्यौपाने, पोखरा बृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङ लगायतले जेष्ठनागरिक दिवसको महत्वको वारेमा चर्चा गरेका थिए ।

१२ पुष २०७९, मंगलवार २२:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा