Play

नयाँ ग्राहक थप्ने अघोषित प्रतिस्पर्धामा रहेका बैंकहरुका ग्राहक लक्षित विशेष योजना

गुरुकुल खबर


पोखरा,  बैंक तथा वित्तीय संस्थाहरु यतिबेला तरलता अभावबाट गुज्रिरहेका छन् । तरलता अभाव हटाउन बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज बढाएका छन् । तर, सोचेजस्तो निक्षेप संकलन भने भएको छैन । उता, अनुत्पादक क्षेत्रमा गरिने लगानीमा भएको कडाइले ती क्षेत्रमा गरिने लगानी संकुचित बनेको छ ।

यो परिस्थितिबाट बाहिर आउन बैंक तथा वित्तीय संस्थाहरुले नयाँ योजनाहरु भने अघि सारिरहेका छन् । भएकालाई सन्तुष्ट बनाउने र नयाँ ग्राहक थप्ने अघोषित प्रतिस्पर्धामा रहेका बैंकहरुले ग्राहक लक्षित विशेष योजनाहरु धमाधम सार्वजनिक गरिरहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा बैंक तथा वित्तीय संस्थाहरुका एक दर्जनभन्दा बढी स्टलहरु रहेका छन् । ती स्टलबाट बैंक तथा वित्तीय संस्थाहरुले साविक र नयाँ योजनाबारे जानकारीमात्र पस्केका छैनन्, ग्राहकका चाहनाहरु पनि बुझिरहेका छन् ।

मेलाको सह प्रायोजक हो, मुक्तिनाथ विकास बैंक । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडमार्फत् कृषकहरुमाझ पुगेको यो कम्पनीले स्टलमार्फत् कम्पनीका बस्तु तथा सेवाहरुबारे जानकारी दिइरहेको फुड इञ्जिनियर पूजा भण्डारीले जानकारी दिइन् । ‘जनता बैंक हैन, बैंंक जनताकहाँ जानुपर्छ‘ भन्ने नारासहित काम गरिरहेको बैंकले कृषकसँग मुक्तिनाथ, उपभोक्तासँग मुक्तिनाथ भन्ने योजनाहरुमार्फत् विभिन्न सुविधाहरु दिइरहेको उनको भनाइ थियो ।

‘बैंकले दिने अन्य सेवा सुविधा त भइहाले हामी प्राङ्गारिक खेती प्रवद्र्धन, कृषिको मूल्य श्रृंखला व्यवस्थापनमा पनि काम गरिरहेका छौँ’,उनले भनिन्,‘हाम्रा सेवाग्राही नै कृषक हुन् र कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु हाम्रो काम हो ।’

नेपाल बैंक लिमिटेड पनि के कम ? पछिल्लो समय निजी बैंकहरुसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न बैंकले सहुलियतपूर्ण कर्जालाई उत्तिकै जोड दिएको छ । बैंकको पोखरा कार्यालयका वरिष्ठ सहायक पदम केसीका अनुसार मेलामा राखिएको स्टलबाट विभिन्न योजनाहरुबारे जानकारीमात्र दिइएको छैन,डिजिटल बैंकिङमार्फत् युवा ग्राहकसँग जोडिने अभियान चलाएको छ ।

उता, कृषि विकास बैंकले मेलामा राखिएको स्टलमार्फत् विभिन्न ५ वटा सेवा एउटै खाताबाट ५ थरी सेवासहित अनलाइन खाता खोल्ने अभियानलाई प्रचार गरिरहेको छ । बैंकका सूचना प्रविधि शाखाका इञ्जिनियर सन्तोष गिरीका अनुसार मेलाको स्टलबाट निःशुल्क खाता खोल्ने काम भइरहेको छ ।

मेलामा रहेको स्टलबाट माछापुच्छे« बैंकले ‘धेरै दिने भनेको आफ्नैले त हो’ भन्ने नारासहित ६ वर्षे मुद्धति खातामार्फत् दोब्बर रकम दिने योजनालाई जोडतोडले प्रचार गरिरहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले विश्वासिलो सेवालाई अझ बढी जनमुखी र प्रविधिमैत्री भएको जानकारी दिइरहेको छ ।

मेलामा स्टलसहित आफ्ना सेवा र सुविधाबारे जानकारी दिन बसेका एनएमबी बैंक, प्रभु बैंक,गरिमा विकास बैंक,एनआइसी एसिया,ग्लोबल आइएमई बैंकले मात्र हैन, अजोड इन्स्योेरेन्स,रिलायवल लाइफ इन्स्योरेन्सले,शिवशिखर सहकारीले पनि आ–आफ्नो सेवाबारे ग्राहकलाई जानकारी दिइरहेका छन् । डिजिटल बैंकिङ्कमा अग्रणी इसेवा प्रालिले मेलामार्फत् नै इसेवाको थप प्रचार गरिरहेको छ।

‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला खासमा प्रवद्र्धनमै केन्द्रीत छ’,संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘मेलामा स्टल राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना योजना र सेवाहरुबारे जानकारी दिनुभएको छ । मेला अवलोकनकर्ताले यसबाट फाइदा पाएका छन् ।’

उनले नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गरेको दृष्टान्त दिँदै भने,‘बैंकले पनि निःशुल्क खाता र एटीएम सुविधा प्रदान गरेका छन्, मेला अवलोकन पनि गर्ने र बैंकका विभिन्न योजनाबारे जानकारी पनि लिन मेला उपयुक्त थलो बनेको छ । ’ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा संचालित मेला यही मंसिर २५ गतेसम्म चल्ने संघका महासचिव बलराम आचार्यले बताए ।

आज प्रजापति र पशुपतिको प्रस्तुति
मेलाअन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रममा शनिबार प्रजापति पराजुली र पशुपति शर्माको विशेष प्रस्तुति रहने भएको छ । मेलाको सांस्कृतिक उपसमिति संयोजक शोभा गौतमका अनुसार रत्यौली प्रतियागिता र डान्सिङ आइडलबाट पनि अवलोकर्ताले मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

२४ मंसिर २०७९, शनिबार ०८:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा