Play

कांग्रेस तिन स्थानमा र एमाले एक स्थानमा बिजयी, कांग्रेसका ४६ उम्मेदवारको अग्रता

गुरुकुल खबर


प्रतिनिधिसभा निर्वाचनको मंगलवार बिहान ११ बजे सम्मको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसले तिन स्थानमा जित हात पारेको र ४६ स्थानमा अग्रता क़ायम गरेको छ । यसैगरि नेकपा एमालेले एक स्थानमा बिजय प्राप्त गरेको छ भने ३९ स्थानमा अग्रता लिएको छ ।

पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको हो ।सोमबार सकिएको मतगणनामा मुस्ताङमा कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन्। निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी छ।

ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन्। उनले लेतेमा होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालन गरिरहेका छन्। उनले मुस्ताङमा किविलगायत अर्गानिक कृषि फार्म पनि सञ्चालनमा छ।

यसै नेपाली कांग्रेसका नेता पुर्व उपप्रधानमन्त्री एवं पुर्व उपसभापति प्रकाशमान सिंह काठमाण्डू १ बाट बिजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी राप्रपाका रविन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गरेका हुन ।
नेपाली कांग्रेस बाट निर्वाचित हुने मनांगका टेक बहादुर गुरुड पनि पूर्व मन्त्री हुन । उनले नेकपा एमालेका पाल्टेन छोदुन गुरुडंलाई पराजित गरेका हुन ।
नेकपा एमालेबाट भने ललितपुर -२ बाट प्रेमलाल महर्जन निर्वाचित भएका छन । उनले १५०२५ मत प्राप्त गरेका छन ।

कांग्रेसका ४६ उम्मेदवारले अग्रता बनाएको विवरण यसप्रकार छ ।

डम्बर बहादुर खड्का–इलाम २
सुरेन्द्रराज आचार्य–कपिलवस्तु २
अभिषेक प्रताप शाह–कपिलवस्तु ३
गगन कुमार थापा–काठमाडौं ४
प्रदीप पौडेल–काठमाडौं ५
राजेन्द्रकुमार केसी–काठमाडौं १०
शिवप्रसाद हुमागाई–काभ्रे २
विश्व प्रकाश शर्मा–झापा १
शेरबहादुर देउवा–डडेलधुरा
रामचन्द्र पौडेल–तनहुँ १
शंकर भण्डारी–तनहुँ २
दीपक गिरी–दाङ ३
दिलेन्द्र प्रसाद बडू–दार्चुला
दिक्पालकुमार शाही–दैलेख २
रामनाथ अधिकारी–धादिङ २
शशांक कोइराला–नवलपुर १
विष्णु कुमार कार्की–नवलपुर १
अर्जुन नरसिंह केसी–नुवाकोट २
अर्जुन प्रसाद जोशी–पर्वत
पुष्पबहादुर शाह–अछाम २
अजयकुमार चौरसिया–पर्सा २
रमेश रिजाल–पर्सा ४
भीष्म राज आङदेम्वे–पाँचथर
किशोर सिह राठोर–बाँके ३
दुर्लभ थापा क्षेत्री–भक्तपुर २
महालक्ष्मी उपाध्याय ९डिना०–मकवानपुर १
सुनिलकुमार शर्मा–मोरङ ३
डा शेखर कोइराला–मोरङ ६
खमबहादुर गर्बुजा–म्याग्दी
मोहन आचार्य–रसुवा
पूर्णवहादुर तमाङ्ग–रामेछाप
बालकृष्ण खाँण–रुपन्देही
देवप्रसाद तिमलसेना–रौतहट ४
उदयशमशेर राणा–ललितपुर १
दिनेशकुमार यादव–सप्तरी ३
तेजु लाल चौधरी–सप्तरी ४
मोहनबहादुर बस्नेत–सिन्धुपाल्चोक २
चित्रलेखा यादव–सिरहा २
डा नारायण खड्का–उदयपुर १
रामहरि खतिवडा–ओखलढुंगा
नारायण प्रकाश ९एनपी० साउद–कञ्चनपुर २
रमेश लेखक–कञ्चनपुर ३
ज्ञानेन्द्रबहादुर कार्की–सुनसरी ४
हृदयराम थानी–सुर्खेत २
राजु थापा–स्याङ्जा १

६ मंसिर २०७९, मंगलवार ११:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा