Play

देशभरका केही मतदानस्थलमा झडप, २५ ठाउँमा गोली भएपनि निर्वाचन शान्तिपूर्ण- निर्वाचन आयोग

गुरुकुल खबर


काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ ।

केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ ।

जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, राैतहटकाे गुजरा-४ समेत गोली चलेको छ । बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी-९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचाोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको छ ।

गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका-१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली चलेको छ । कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको बताइएको छ ।

स्दूरपश्चिम प्रदेशस्थित बाजु्रा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ । डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समे गरी देशभर कूल २४ स्थानमा गोली चलेको छ । यद्यपि आमनिर्वाचनमा फाटफुट घटना भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।

४ मंसिर २०७९, आईतवार २१:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा