Play

नाम एउटा परिचय चाहिँ अनेकौँ – विन्दुकुमार थापा

गुरुकुल खबर


पोखरा , विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय । विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन । ग्रामीण परिवेश थियो । त्यो सामाजिक परिवेशमा विद्यालय सकेपछि विन्दुकुमार थापा पनि कृषिमा नै जोडिन पुगे । गोठमा गाई भैँसी पालेका थिए । रोपनी जग्गामा कोदो रोप्थे, फसल उत्पादन गर्थे ।

त्यतिबेलाको समय स्मरण गर्दै विन्दुकुमार थापा भन्छन, “हामी पनि कृषक परिवारबाट आएका हौँ, खेतबारीमा काम गथ्र्यौँ, पसिना बहाउँथ्यौँ ।” बाल्यकालीन ती दिन अहिले विन्दुकुमार थापाको सम्झनामा मात्रै छन । आफ्नै दमले परिचय बदलेका विन्दु आफ्नो संघर्ष भन्न हिचकिचाउँदैनन । कृषि क्षेत्रमा गरेका दुख, बगाएका पसिना उनलाई ताजै छन ।

प्राथमिक तह, माध्यमिक तहको पढाई सकेपछि उनी आइएल पढ्न पृथ्वीनारायण क्याम्पस भर्ना भए । पछि कानूनमा स्नातक पनि गरे । कलेज पढ्दाताका नै उनी राष्ट्रबैंकको जागिरे जीवनमा प्रवेश गरे । तीन वर्ष अस्थायी जागिरपछि राष्ट्रबैंकमा उनले आफ्नो १८ वर्ष बिताए।

१८ वर्ष सेवापश्चात उनी पेन्सन निस्के । पेन्सन निस्किँदा उनको हातमा थियो, १८ लाख रुपैयाँ । त्यही १८ वर्ष राष्ट्रबैंकमा बेचेको युवा उमेर, पसिनाको कमाई थियो, त्यो । हातमा पैसा भएपछि पनि त्यसलाई कहाँ प्रयोग गर्ने ? सोचमग्न भए उनी । त्यो १८ लाख र त्यसको सही लगानी, त्यसको प्रतिफल चाहिँ अहिलेका विन्दुकुमार थापा हुन ।

उनको नाम एउटा छ, परिचय चाहिँ अनेकौँ । धनाढ्य विन्दु, व्यवसायी विन्दु, समाजसेवी विन्दु, नेता विन्दु, गण्डकीका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु । यी अनेकौँ परिचय बनाउन उनले गरेका संघर्षका अनेकौँ परिचय छन । जागिरे जीवन होस वा व्यवसाय, चाहे राजनीति । उनी बद्नाम भएनन । त्यसकारण उनले अर्को नाम पाएका छन, ‘निष्कलंक विन्दु ।’

उनै निष्कलंक विन्दु व्यवसायपश्चात थालेको राजनीतिक यात्राको दोश्रो जीतको लागि जनतालाई भेटेका छन, मतदातासामु पुगेका छन । विन्दु नै यस्ता भाग्यमानी उमेदवार हुन, जसको निर्वाचन क्षेत्र कास्क २ (ख) पोखरा महानगरपालिकाको बजारक्षेभित्र पर्छ, अर्कातर्फ उनको पहिचानका कारण सबै मतदाताले राम्रोसँग चिनेका छन ।

सहजता, उनको अर्को विशेषता हो । मन्त्रालय होस वा घर, विन्दुकुमार थापाको घरमा आम मानिसलाई जान कुनै रोकतोक छैन । उनी मतदातालाई चुनावको समयमा मात्रै होइन, अघिपछि पनि सहजरुपमा सुन्छन र उनीहरुका समस्या समाधानको प्रयत्न गर्छन । राजनीति गरे, चुनाव जिते तर, आफूले पाउने सेवासुविधा सबै जनताको काममा खर्चिएका कारण समाजसेवीको छवि बनाएका विन्दुलाई त्यही कारण दोश्रोपटक पार्टीले विश्वास गरेर अघि सारेको छ ।

प्रतिकूलताका बिच ०७४ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा कास्की जिल्लाका अन्य सबै क्षेत्र नै वाम गठबन्धनले कब्जा गर्दा प्रदेश राजधानी पोखरामा कास्की २(ख) बाट चुनाव जितेर उनले पार्टीको साख जोगाइदिएका थिए । विगतको तुलनामा अहिले गठबन्धनको सहयोग उनलाई छ । पाँचदलीय गठबन्धनका साझा उमेदवार बन्दै गर्दा उनी दोश्रोपटक प्रदेशसभामा पुग्न प्रयासरत छन ।
राजनीतिमा आउनुअघि विन्दु व्यवसायमा व्यस्त थिए ।

देशकै पुरानो उद्योगी व्यवसायीको संस्था उद्योग वाणिज्य संघ पोखरालाई उनले २०७२ मा नेतृत्व गरे । थापा वि.सं. २०५० सालमा नेपाल राष्ट्र बैंक स्टाफ संघको सदस्य, नेपाल अटोमोबाइल डिलर्स एशोसियसन नाडा उपाध्यक्ष (२००८ देखि १०१० ), नेपाल रसिया च्याम्बर अफर कमर्स गण्डकीको अध्यक्ष (२०१२ देखि २०१६), सल्लाहकार पश्चिमाण्चल अटोमोबाइल डिलर्स एशोसियसन (२००५ देखि २०१६), सल्लाहकार गण्डकी ल्याण्ड एण्ड हाउजिङ एशोसियसन (२००२ देखि २०१६) संस्थामा आबद्ध भएका थिए ।

उद्योग वाणिज्य संघको कार्यकाल पश्चात नै विन्दु थापा राजनीतिमा सक्रिय भएका हुन । पहिलो कार्यकाल, पहिलो अभ्यास र पहिलो निर्वाचनबाट चुनाव जित्दै उनले आफ्नो पाँच वर्ष सफल तुल्याए नै यस अवधीमा उनी उदाहरणीय सांसद, मन्त्री नै बन्न पुगे ।
उदाहरणीय यस अर्थमा कि, पाँच वर्षमा उनले आफ्नो सेवासुविधाबाट पाउने रकममा व्यक्तिगत खर्च थपेरै ५८ लाख ३० हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरे । ‘राजनीतिलाई सेवा गर्ने माध्यम’ नीति लिएर उनले पाँचवर्षमा सांसद भएबापत ४० लाख ७१ हजार रुपैयाँ पारिश्रमिकमा १८ लाख ३० हजार व्यक्तिगत रुपमा थप गरि जनसेवामा खर्च गरेका थिए ।

पहिलो पाँच वर्षमा गण्डकीले ६१ वटा कानून बनाउँदा विन्दुकुमार थापा बहालवाला कानूनमन्त्री छन । प्रदेश नं. ४ लाई गण्डकी र अस्थायी राजधानी पोखरालाई स्थायी बनाउने प्रक्रियाको नेतृत्व मन्त्री हुनुपूर्व उनै थापाले गरे ।

प्रदेशका ११ वटै जिल्लामा पुगेर, जनतादेखि संस्थागत राय सुझाव लिएर थापा नेतृत्वको ‘प्रदेश नामांकन तथा स्थायी राजधानी’ को लागि गठित विशेष उपसमितिले बुझाएको प्रतिवेदनकै आधारमा गण्डकी प्रदेशसभाले नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोक्न सफल रह्यो । प्रदेशको नामाकरण र राजधानी जस्तो ऐतिहासिक अनि संवेदनशील कामको नेतृत्व गरि त्यसलाई टुंगोमा पु¥याउन उनले भूमिका खेले ।
राजनीतिको दोश्रो अध्यायमा थापा

पाँच वर्ष कार्यकाल सकिँदै गर्दा आसन्न प्रदेशसभामा सोही क्षेबाट उमेदवार बनेका छन थापा । चुनावपछि विगतको कार्यकाल झैँ आफूले पाउने सेवासुविधा व्यक्तिगत काममा खर्च नगरी समाजसेवामा नै निरन्तरता दिने उनले प्रतिबद्धता जनाइसकेका छन ।

लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार बनेका थापाका २४ प्रतिबद्धताहरु ः
–  प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं नजिक रहेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा मेरो मुख्य ध्यान रहनेछ। समग्र गण्डकी प्रदेशकै विकासका लागि गुरुयोजना तयार पार्न तथा कार्यान्वयन गर्न मेरो सिर्जनशील भूमिका रहनेछ ।
– गठबन्धनबाट उम्मेदवार रहेको म गठबन्धनका अरु दलहरुसँगको सहकार्यलाई आत्मसात गर्दै नेपाली काँग्रेसको एक जिम्मेवार सदस्यका हिसाबले प्रदेश सभा निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले तयार पारेको संकल्पप्रति पूर्ण प्रतिबद्ध रही स्थानीय आवश्यकताका आधारमा एक जिम्मेवार जन–प्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रको समृद्धि र विकासका नीति निर्माण गर्न थप निम्न बुँदाहरुमा म प्रतिबद्ध छु ।
– अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु। सदाझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ ।
– समृद्ध प्रदेशको आधार, उर्जा, कृषि, उद्यमशीलता, पर्यटन र पूर्वाधार रणनीतिलाई आत्मसात गर्नेछु ।
– कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने मोटरबाटोलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा तथा दुबै देशका पर्यटकलाई भित्राउन सजिलो हुने र गण्डकी प्रदेशले फाइदा लिने गरी स्थलमार्ग निर्माण गर्न पहल गर्नेछु ।
– गण्डकी प्रदेशमा लगभग १२००० मेगावाट बिजुली उत्पादनको संभावना रहेपनि हालसम्म लगभग साढे ६ सय मेगावाट मात्रै उत्पादन भइरहेकोमा गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु ।
-समग्र प्रदेशको एकीकृत पर्यटन विकासका लागि बृहत्तर पोखरा (ग्रेटर पोखरा) को अवधारणा राख्दै त्रिवेणीधामदेखि मुक्तिनाथसम्म विभिन्न जिल्लामा पर्ने धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटनका लागि रुट निर्माण र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्नेछु ।
– केवल प्राकृतिक पर्यटनमा भर परिरहँदा गण्डकी प्रदेशको पर्यटन मौसमी मात्रै रहेकाले अब मानवनिर्मित पर्यटकीय आर्कषणका केन्द्र थप गरी तथा सांस्कृतिक पर्यटनलाई समेत प्रवद्र्धन गरी सबै मौसम पर्यटकीय मौसमका रुपमा विकास गर्न योजना अगाडि बढाउनेछु ।
– निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यहरूको प्रवद्र्धन गर्न योजना अगाडि सार्नेछु। पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एसियाली राष्ट्रहरूबाट पर्यटकहरू भित्राउन व्यापक बजारीकरण गरिनेछ ।
– सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मक रुपमा सौन्र्दयकरणका निम्ति जोड दिनेछु ।
-गण्डकी प्रदेशमा बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गरिनेछ ।
-गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणका लागि पहल गर्नेछु ।
-गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिन कार्यतर्फ अगाडि बढ्नेछु ।
– परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्नेहरुका लागि घरकर तथा अन्य सहुलियत दिएर प्रोत्साहन गर्न पहल कदमी लिनेछु ।
– कृषिको व्यवसायिकरण गर्न गण्डकी प्रदेशस्थित सहर वरिपरि कृषि पकेट क्षेत्रको पहिचान गरी आधुनिक कृषि प्रणाली अवलम्बनका निमित्त कार्ययोजना अगाडि बढाउनेछु ।
– कृषिलाई प्रत्यक्ष रुपमा रोजगारीसँग जोडेर यूवाहरुको क्षमताको उपभोग र उत्पादनशीलता बढाउन आर्कषक योजना ल्याइनेछ ।
– लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गर्नेछु ।
– दक्ष जनशक्तिलाई नेपालमै अवसर सिर्जना गर्न उद्यमशीलता कार्यक्रमलाई प्रश्रय दिँदै बिज लगानीको अवधारणा अगाडि सार्ने तथा बाह्य लगानी भित्राउने, आन्तरिक पुँजीको समुचित उपयोग र औद्योगीकरणको विकासमा मेरो ध्यान रहनेछ ।
– महिलाहरुको उद्यमशीलता बढाउन प्रत्येक प्रदेशमा महिला उद्यमशीलता केन्द्रको स्थापना गरी नगरपालिका र गाउँपालिकाहरुमा लघुउद्यम र व्यवसायिक तालिमलाई जोड दिइनेछ ।
-कतिपय भूमिहीन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको र बाँकी रहेको भूमिहीनहरुको व्यवस्थित बसोवासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु ।
– गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रुपमा विकास गर्न सोहीअनुसार पूर्वाधारहरु निर्माणका लागि पहल गर्नेछु । हाई अल्टिच्युड खेलकुद मैदान र स्टेडियम निर्माणमा जोड दिनेछु ।
– गण्डकी प्रदेशका विविध जातजाति र धार्मिक आस्थाका धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र स्तरोन्नति गर्नका लागि योजना अगाडि बढाउनेछु ।
– विकराल समस्याका रुपमा रहेको वैदेशिक पलायनलाई रोक्नका लागि प्रत्येक जिल्लामा नमुना शिक्षण संस्थाको स्थापना गरी व्यवसायिक र प्राविधिक शिक्षालाई जोड दिनेछु ।
– यस कार्यकालमा निर्माणको अन्तिम चरणमा रहेको मिडिया विधेयक प्रेस स्वतन्त्रतामैत्री बनाई श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्थातर्फ पहलकदमी गर्नेछु ।
– गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकताका आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निर्माणको पहल गर्नेछु ।
– सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्नेछु ।

प्रदेश सभा सदस्य र गण्डकी प्रदेश सरकारको मन्त्रीका रुपमा समेत मेरो अघिल्लो कार्यकाल पूर्ण विवादरहित र सफल रहेको आमजनमानसको मूल्यांकनले मलाई थप हौस्याएको छ। संसदीय व्यवस्था र प्रदेश तहमा नेतृत्व प्रमाणित गरिसकेकाले हालसम्म मैले आर्जन गरेको अनुभव र सफलताको उर्जालाई र संघीयताको जग सफलतापूर्वक राखिसकेर अबको कार्यकाल गण्डकी प्रदेशको समृद्धिमा लगाउने दृढ इच्छा भएको मलाई ५ दलीय गठबन्धनका तर्फबाट जनताको प्यारो पार्टी नेपाली कांग्रेसले मलाई पुनः उम्मेदवार बनाएको छ । राजनीतिलाई फोेहोरी खेलको रुपमा बुझेका आमजनताको राजनीतिप्रतिको वितृष्णा कार तुल्याउनु आजको चुनौती हो र मेरो उम्मेदवारी त्यही जिम्मेवारी बोधका साथ आएको हो। आउनुहोस्, गण्डकी प्रदेश र कास्की २ (ख) को निर्माणमा हातेमालो गरौँ ।

३० कार्तिक २०७९, बुधबार २३:४१ मा प्रकाशित
Nabintech