Play

जनताले दिएको समर्थनले उत्साहित छु’–एमाले उम्मेदवार अधिकारी

गुरुकुल खबर


पोखरा,। नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले जनताबाट पाएको माया, सद्भाव र समर्थनले आफू उत्साहित भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नम्वर २७  र ३१  मा भएको  घरदैलो कार्यक्रममा नेता अधिकारीले उक्त कुरा बताएका हुन् ।

एमालेका संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको विकासको लागि एमाले जनताको रोजाई रहेको बताए ।
त्यहाँका स्थानियले जनताको सुख दुःखमा सदैव साथ रहने नेताको रुपमा खगराज अधिकारीलाई पाएको भन्दै आगामी निर्वाचनबाट निर्वाचित भएर विकासका थप कामलाई अगाडी बढाउन आग्रह गरे ।

उम्मेदवार अधिकारीले आफू सदैव आफू जनताको बिचमा रहेर काम गर्दै आएको बताउदै जनताकै सल्लाह र समन्वयमा विकासका योजनाहरु अगाडी बढाईने बताए ।

वडा नम्वर २७ को घरदैलोको क्रममा स्थानीयले आफ्नो अभिभावकको रुपमा नेता अधिकारीले सहयोग गर्दै आएको उल्लेख गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

कास्की क्षेत्र १ (१) मा नेकपा एमालेले मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

३० कार्तिक २०७९, बुधबार २३:३३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा