काठमाडौँ — भारत सरकारले नेपालमा आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दौरानमा आवश्यक ८० सवारी साधन निर्वाचन आयोगलाई सहयोग गरेको छ ।
दूतावासका अनुसार नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारी साधनकै हिस्साको रुपमा यी ८० वटा सवारी साधन निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको हो ।
नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन सहयोग गरेको छ ।