Play

नेपाल ईन्जिनियरिङ् काउन्सिलको रजिष्ट्रारमा ई. ध्रुबराज भट्टराई नियुक्त

गुरुकुल खबर


पोखरा, नेपाल ईन्जिनियरिङ् काउन्सिलको रजिष्ट्रार पदमा ई. ध्रुबराज भट्टराई नियुक्त भएका छन्। तनहुँको शुक्लागण्डकी -११ राईपुर घर भएका भट्टराईले यस अगाडी पोखरा महानगरपालिकामा करिब १३ बर्ष सम्म ईन्जिनियरको रुपमा काम गरेका थिए।

सोमबार साँझ बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले भट्टराईलाई आगामी चार बर्षे कार्यकालको लागि नेपाल ईन्जिनियरिङ् काउन्सिलको रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

खुल्ला प्रतिष्पर्धात्मक प्रक्रियामा सहभागी ११ जना मध्येबाट भौतिक यातायात तथा पुर्वाधार मन्त्रालयको प्रस्ताबमा भट्टराईलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरिएको हो।

यसैबीच, मन्त्रीपरिषद्को उक्त निर्णय पछि गुरुकुल खबरसंग कुरा गर्दै ईन्जिनियर भट्टराईले इन्जिनियरिंग पेशालाई थप मर्यादित बनाउन आँफु प्रतिबद्दताका साथ लाग्ने बताए। आंफुले हालसम्म हासिल गरेको अनुभव र अन्य सरोकारवाला व्यक्ति एबम संस्थासंगको सहकार्यमा काउन्सिलको कामलाई थप प्रभावकारी बनाउने उनको भनाई थियो।

१३ श्रावण २०८२, मंगलवार १९:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा