Play

विप्लव नेतृत्वको नेकपा सहितका तीन पार्टी आसन्न चुनाव बिथोल्न योजना बनाउदै

गुरुकुल खबर


काठमाडौं । प्रतिनिधिसभा प्रदेशसभाको आसन्न चुनाव बिथोल्न विप्लव नेतृत्वको नेकपासहित तीन पार्टी योजना बनाउन लागिपरेका छन् ।

शुरुमा चुनाव बिथोल्ने योजनामा रहेको नेकपा पछिल्लो चरणमा बहिष्कार गर्ने भाष्यमा पुगेको छ । गएको बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा भाग लिएको नेकपा आगामी मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेश सभाको चुनाव भने बहिष्कार गरेर जाने घोषणा गरेको छ । उसले २०७० को दोस्रो संविधानसभा र २०७४ को चुनाव पनि बहिष्कार गरेको थियो ।

नेकपासँगै आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र निर्वाचन आयोगमा दर्ता ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।

तीन कम्युनिष्ट पार्टीको बुधबार बुद्धनगरमा बसेको बैठकले चुनाव बहिष्कार निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विप्लव, कट्टेल र आहुतीले हस्ताक्षर गरेका छन् ।कात्तिक १९ मा पत्रकार सम्मेलन गरी चुनाव बहिष्कारबारे थप जानकारी दिइने पनि पार्टीका नेताहरुले बताएका छन् ।

उनीहरूले विद्यामान शासन व्यवस्था दलाल पूँजीवादी व्यवस्थाको संज्ञा दिँदै यसलाई हटाएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने बताउँदै संघर्ष चलाइरहेका छन् । संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी भन्नेबारे शासन प्रणाली छनौटका लागि जनमत संग्रहको माग गर्दै आइरहेको नेकपा पछिल्लो पटक मागबाट पछि हटेको हो ।

उता मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आसन्न चुनाव बहिष्कार गर्ने घोषणा यसअघि नै गरिसकेको अवस्था छ ।

यता सरकारले भने चुनाव भाग नलिन पाउने अधिकार भएपनि भाग लिन चाहनेहरुका अधिकारमाथि हस्तक्षेप गर्ने र चुनाव बिथोल्ने अधिकार कसैलाई नभएको बताउँदै बिथोल्न काममा सरिक हुनेमाथि कडा प्रस्तुत हुने चेतावनी दिँदै आएको छ ।

१७ कार्तिक २०७९, बिहीबार १५:५७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा