Play

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समिति गठन, कास्कीबाट पत्रकारिता पृष्ठभूमिका पराजुली सहित दर्जन बढी नेता मनोनित

गुरुकुल खबर


पोखरा  नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनयन गरिएको छ ।

पार्टीको बिधान अनुसार केन्द्रीय सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिका सदस्य एवं प्रवक्ता डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा एक दर्जन भन्दा बढी नेताहरुलाई मनोनयन गरिएको हो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-२०७९ लाई लक्षित गरि गठन गरिएको उक्त समितिमा पत्रकारिता पृष्ठभूमि रहेका गंगाधर पराजुली र अन्य नेपाली कांग्रेसका नेताहरु रहेका छन । पराजुली नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति समेत हुन ।

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका पराजुली पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन । उनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा पोखरा महानगरको सभापति पदमा थोरै मत नपुगेको कारण पराजित हुन पुगेका थिए । हाल उनि नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य रहेका छन ।

प्रचार समितिमा मनोनित अन्य सबै जसो नेताहरु पार्टीको राजनीतिको मुल प्रवाहमा छन । गत असोज ३१ गते प्रथम चरणमा गठित समितिमा कास्कीबाट ७ जना मात्र रहेकोमा कार्तिक २ गते थप ७ जना सदस्यहरु मनोनित गरिएको छ ।

जस अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तिलक रानाभाट , पुर्व महाधिवेशन प्रतिनिधि दुर्गा तिमिल्सिना, पुर्व सांसद शारदा पौडेल, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुडं र कास्की घर भएपनि हाल क़तारमा रहेर कांग्रेसको राजनीतिमा सक्रिय बिमल सुवेदीलाई पहिलो चरण अर्थात असोज ३१ गतेका दिन प्रचार प्रसार समितिको सदस्य मनोनयन गरिएको थियो ।

यसैगरि सोही समितिमा कार्तिक २ गते थप गरिएका सदस्यहरुमा कास्की कांग्रेसका पुर्व सभापति एवं पुर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य देवराज चालिसे, महासमिति सदस्य एवं कास्की कांग्रेसका पुर्व सभापति शोभियत बहादुर अधिकारी, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीलाई पनि समितिको सदस्यमा मनोनयन गरिएको छ ।

समितिका अन्य सदस्यहरुमा गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री एवं पुर्व केन्द्रीय आमन्त्रित सदस्य कुमार खड्का , नेपाली कांग्रेसका महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, र महाधिवेशन प्रतिनिधि तथा कास्की कांग्रेसका पुर्व सचिव पोषनाथ शर्मालाई पनि प्रचार प्रसार समितिको सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

 

 

४ कार्तिक २०७९, शुक्रबार २३:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा