Play

कास्कीमा मुख्य निर्वाचन अधिकृत सहित तीनवटै क्षेत्रकालागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

गुरुकुल खबर


पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि कास्की जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित तीनवटै क्षेत्रकालागि निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

कास्कीको क्षेत्र नम्बर १ कालागि पशु सेवा निर्देशनालय परिसर रामघाट पोखरा, क्षेत्र नम्बर २ कालागि पोखरा सभागृह हल परिसर र क्षेत्र नम्बर ३ कालागि जिल्ला समन्वय समिति कास्कीको परिसर शहिदचोकमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

एक कार्यक्रमका बिच कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले विहीबार निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खरेलले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैको समन्वय र सहकार्यको आवश्यकता औल्याउदै सबैको सहयोगले कास्की जिल्लामा सहज तरिकाले निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु प्रमुख दायित्व रहेको जानकारी दिदै निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरु आम सर्वसाधरणको विश्वास योग्य हुनुपर्नेमा जोड दिए ।

प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले गण्डकी प्रदेश अन्तर्गतका ४ जिल्लामा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी गराउँदै विभिन्न निकायसँग समन्वयले निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको बताए ।
कार्यालय उदघाटन कार्यक्रमको सञ्चालन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरेका थिए ।

यसैबीच निर्वाचन अन्तर्गत असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम हुँदैछ ।
मनोनयन दर्ताको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

२० आश्विन २०७९, बिहीबार १९:४१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा