Play

मौलिकतामा आधारित नेपाली पर्वहरूको भूमिका महत्त्वपूर्ण : प्रमुख आचार्य

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताएका छन। नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने

बताए।
मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार मै सामाजिक उत्कृष्टताको आधारमा वैज्ञानिक मान्यताको सुरुवात गरेको आचार्यले बताए । “नेपालीहरू सभ्यताका हिसाबले अत्यन्त समृद्ध इतिहास बोकेका नागरिकहरू हौँ,  समाजलाई सभ्य र भव्य हिसाबले अगाडी बढाउनका लागि हाम्रा पुर्खाहरूले विभिन्न खालका प्रोग्रामहरू डिजाइन गरेका छन्, जब आफूमा भएको शक्ति कमजोर हुँदै जान्छ, तब त्यसलाई रिचार्ज गर्नका लागि यस्ता प्रकार मौलिक मान्यताहरूको परिकल्पना गरिएको पाइन्छ ।” समाजलाई पुर्नताजकी गर्ने उद्देश्यका साथ स्थापित यी मान्यताहरू सामाजिक सचेतताका हिसाबले वैज्ञानिक भएको प्रमुख आचार्यले बताए।
समाज आजकल सचेत भएको छ, हामी सचेत नागरिक पनि हौँ, कुनै इस्युमा छलफल गर्दा फरक मत भए पनि समग्रमा देश तथा महानगर बनाउने विषयमा एकाकार हुन यस्ता प्रकारका पर्वहरूले विशेष महत्त्व राख्दछन् ।” सामाजिक सचेतनाका कारण थुपै विभाजनहरूबाट समाज जोगिएर अगाडी बढेको र मुलुकको समृद्धिका लागि सदैव समर्पित हुने गरेको प्रमुख आचार्यको भनाई थियो ।
चाडबाडका बेलामा पर्ने कुनै पनि प्रकारको अप्ठ्याराहरूको समाधानका लागि ११८१ नं.को हटलाइन मार्फत नगरवासीहरूको सेवामा महानगरका हरेक संयन्त्रहरू परिचालन गरिने र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरूलाई न्यानो आतिथ्य प्रदान गर्न पनि  मेयर आचार्यले आग्रह गरे । आगामी २५ गते फेवातालका ३३ वटा विभिन्न पोइन्टहरुबाट वडा अध्यक्षहरूको नेतृत्वमा वृहद सरसफाइ अभियान गरेर पहिलो पटक फेवातालको उद्धार गर्न लागिएको आचार्यले बताए
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता भौतिक भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र अर्थ मन्त्री, रामजी प्रसाद बराल (जीवन) लगायत जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख र जिल्ला स्थित कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

१४ आश्विन २०७९, शुक्रबार २२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा